टुटलमाथि छानबिन सुरु भयो, गल्ती भेटिएमा यत्तिकै  छाड्ने कुरै आउँदैन: आन्तरिक राजश्व विभाग

 माघ ९, २०७५ बुधबार १७:३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

 आन्तरिक राजश्व विभागले मोटरसाइकलमा भाडाका यात्रु बोक्ने कम्पनी टुटलले कर छलेको विषयमा छानबिन सुरु भएको जनाएको छ । 

टुटलले स्थायी लेखा नम्बर प्यानका भरमा मात्रै व्यवसाय सुरु गरेको तर यात्रुसँग १३ प्रतिशत भ्याट पनि असुलेको समाचार सार्वजनिक भएपछि छानबिन सुरु गरिएको विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेलले उज्यालोलाई जानकारी दिनुभयो । 

‘हामीले सूचना पाएलगत्तै प्रारम्भिक चरणको छानबिन सुरु गरेका छौं, सुनेको आधारमा मात्रै घटना पुष्टि हुँदैन, कतै गल्ती भेटिए यत्तिकै छाड्ने त कुरै आउँदैन’ प्रवक्ता ढुंगेलले भन्नुभयो । 

राइड शेयरिङ कम्पनीका रुपमा प्यानमा दर्ता भएपनि टुटल भ्याटमा दर्ता भएको छैन । 

यातायात व्यवस्था ऐन र नियमावलीमा रातो नम्बर प्लेटका सवारी साधनले भाडाका यात्रु बोक्न नपाउने व्यवस्था भए पनि टुटल र पठाओले मोटरसाइकलमा भाडाका यात्रु बोक्दै आएका छन् । 

केही समय अघि प्रहरीले टुटलमार्फत यात्रु बोक्ने मोटरसाइकल र चालकलाई पक्राउ गरेपछि पक्ष र विपक्षमा बहस भएको थियो । 
त्यसको केही दिनपछि राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल पठाओको सेवा नरोक्न निर्देशन दिनुभएको थियो । 

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया