नेपाल नामिबियासँग फेरि पराजित
फागुन २८, २०८१ बुधबार
काठमाण्डाै - सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको जिम्मेवारी लिएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको छ ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काम अन्तिम चरणमा अलपत्र पारेर हिँडेको सीएमसी कम्पनी पुनः सम्पर्कमा नआएपछि सरकारले सम्झौता पत्रमा राखिएको प्रावधान बमोजिम ठेक्का सम्झौता तोड्न १४ दिने सूचना जारी गरेको हो ।
आयोजनाको सुरुङ निर्माणको ठेक्का सम्झौताको बुँदा नम्बर १५ को २ मा ठेक्का सम्झौता बमोजिम काम नगरेमा १४ दिने सूचना जारी गरेर ठेक्का सम्झौता खारेज गर्न सकिने प्रावधान राखिएको छ । त्यही प्रावधानलाई टेकेर त्यस कम्पनीसँगको ठेक्का सम्झौता तोड्न १४ दिने सूचना जारी गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।
आयोजनाको सुरुङ निर्माणको अन्तिम चरणको काम सीएमसी कम्पनीले गएकाे मंसिर २९ गतेबाट अलपत्र छाडेको थियो । त्यसपछि पटक पटक ताकेता गर्दा पनि कम्पनी सम्पर्कमा नआएपछि सरकारले ठेक्का सम्झौता खारेज गर्ने प्रक्रिया अघि बढाउनु परेको पनि समितिका प्रवक्ता पन्तले स्पष्ट पार्नुभयो ।
यसैबीच, एसियाली विकास बैंक (एडीबी)ले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम पूरा गर्ने जिम्मेवारी सो आयोजनाको पेटी ठेकेदारहरुलाई दिन सरकारलाई सुझाव दिएको छ । एडीबी र मेलम्ची खानेपानी आयोजना विकास समितिबीच सोमबार काठमाण्डौमा भएको छलफलमा आयोजनाको बाँकी काम नेपालकै पेटी ठेकेदारहरुलाई दिएर अघि बढाउन सकिने निष्कर्ष निकालिएको हो ।
आयोजनाको सुरुङ निर्माणमा खटिएका पेटी ठेकेदारहरुलाई नै दिएर सो आयोजनाको बाँकी कामलाई पूर्णता दिन सकिने विषयमा एडीबीसँग छलफल गरिएको पनि समितिका प्रवक्ता पन्तले बताउनु भयो ।
सीएमसी कम्पनीले पेटी ठेकेदारलाई नदिएको भुक्तानी कसरी असुली गर्ने भन्ने विषयमा भने समितिले ठोस निर्णय लिन सकेको छैन । त्यस सम्बन्धमा आवश्यक निर्णय लिन बाँकी रहेको पनि समितिका प्रवक्ता पन्तले बताउनु भयो ।
आयोजनाको सुरुङ निर्माणको काममा संलग्न पेटी ठेकेदारहरुले डेढ अर्बभन्दा बढी भुक्तानी लिन बाँकी रहेको भन्दै सीएमसी कम्पनीबाट असुल गरिदिन सरकारलाई दबाब दिइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।