जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ – फेब्रुअरी महिनामा महिनामा ९६ हजारभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
पर्यटन बोर्डका अनुसार यस महिना ९६ हजार आठ सय ८० पर्यटक नेपाल भित्रिएका हुन् । पर्यटकको यो सङ्ख्या गएको वर्षको यसै अवधिको तुलनामा कम हो ।
सन् २०२४ को फेब्रुअरीमा ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका थिए । यसवर्ष सन् २०२५ को फेब्रुअरीमा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका छन् । यस महिना भारतबाट १९ हजार एक सय ८७ जना नेपाल भ्रमणका लागि आएका हुन् ।
अमेरिकाबाट १० हजार तीन सय ४८ जना आएका छन् भने चीनबाट आठ हजार दुई सय ३२ जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डले जनाएको छ ।
त्यस्तै, फेब्रुअरीमा थाइल्याण्डबाट पाँच हजार छ सय नाै जना, बेलायतबाट पाँच हजार ५७ जना, बङ्गलादेशबाट चार हजार आठ सय ७४ जना, श्रीलङ्काबाट चार हजार तीन सय ७० जना, अष्ट्रेलियाबाट तीन हजार सात सय ३७ जना, म्यानमारबाट तीन हजार एक सय ४९ जना तथा दक्षिण कोरियाबाट दुई हजार सात सय ७९ जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।