हिउँले अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ – आजदेखि मौसममा पूर्णरुपमा सुधार आएको छ । काठमाण्डौ उपत्यकासहित देशका सबैजसो ठाउँमा आज घाम लागेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज जनकपुरमा सबैभन्दा उच्च तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । जनकपुरमा आजको उच्चतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको हो ।
भैरहवा, सिमरा र विराटनगरमा २९ देखि ३१ डिग्री, त्यस्तै धनगढी, नेपालगञ्ज र विरेन्द्रनगरमा २७ देखि २९ डिग्री, धरानमा २८ देखि ३० डिग्री सेल्सियससम्म रहने पूर्वानुमान छ ।
काठमाण्डौमा आजको उच्चतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहने अनुमान छ । यी कुनै पनि शहरमा पानी पर्ने सम्भावना छैन । आज सबैभन्दा कम तापक्रम जुम्लामा राति माइनस एक डिग्रीसम्म रहने महाशाखाको अनुमान छ । अब क्रमिक रुपमा गर्मी बढ्दै जानेछ ।
काठमाण्डौमा पनि घाम लागेसँगै आज आकाश खुलेको छ । हिजो परेको पानीले वायु प्रदूषणको मात्रा पनि केही घटेको छ ।
देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नहुँदा अब तत्काल पानी पर्ने सम्भावना नरहेको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
प्रि–मनसुन शुरू भइसकेकाले अबका दिनमा हावाहुरी र चट्याङको जोखिम हुन्छ । घरको छानालाई सुरक्षित बनाउन, चट्याङको जोखिमबाट जोगिने उपायहरु अपनाउन पनि उहाँको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।