खान्दानी दलीय रङ्गहरूको मिसावट हो खैरो र कालोसूची !
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ – आज कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । तराईका केही ठाउँमा हुस्सु लागेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी एक/दुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
त्यस्तै राति कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक÷दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । मंसिर १६ देखि फागुन १६ सम्मको अवधिलाई हिउँदयाम मानिन्छ ।
यो वर्षको हिउँद सकिन अब पाँच दिन मात्रै बाँकी छ । तर यसवर्ष अहिलेसम्म १० दशमलव ६ प्रतिशत मात्रै हिउँदे वर्षा भएको छ । हिउँद सुख्खा हुँदा डढेलोका घटना बढ्दै गएका छन् ।
कृषि उपज र बाली उत्पादनमा किसानले ठूलो समस्या भोग्नुपरेको छ । त्यस्तै प्रदुषण बढेकाले वातावरणसँगै मानिसको स्वास्थ्यमा पनि समस्या देखिन थालेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।