खान्दानी दलीय रङ्गहरूको मिसावट हो खैरो र कालोसूची !
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ – पन्ध्रौँ अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाण्डौले जितेको छ । इटहरी रङ्गशालामा हिजो भएको फाइनल खेलमा मोरङको सगरमाथा युथ क्लबलाई दुई गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।
मच्छिन्द्र क्लबका मल्लिक हिसुबले खेलको चौथो मिनेटमा र ओमोलाजा नुरेन हरेनले ८५ औँ मिनेटमा गोल गरे । उपाधिसँगै मच्छिन्द्रले १० लाख र उपविजेता सगरमाथाले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सगरमाथा युथ क्लबका कुलदीप कार्की भएका छन् । उनले नगद एक लाख प्राप्त गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।