अन्तर्राष्ट्रिय महिला फुटबलमा लेबनानले किर्गिस्तानलाई हरायो
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ – च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र पाकिस्तानले खेल्दैछन् । समूह ‘ए’ का भारत र पाकिस्तानबीचको खेल दुबईमा दिउँसो पौने तीन बजे शुरु हुने छ ।
भारतले आफ्नो पहिलो खेलमा बङ्गलादेशलाई हराएको थियो भने उद्घाटन खेलमा घरेलु टोली पाकिस्तान न्यूजिल्याण्डसँग पराजित भएको थियो । भारतले पाकिस्तानमा नखेल्ने बताएपछि उसका खेल यूएईमा हुने तय भएको थियो ।
अघिल्लो आठौँ संस्करण इंङ्ल्याण्ड र वेल्समा संयुक्तरुपमा भएको थियो । सन् २०१७ मा भएको थियो त्यसबेला भारतलाई फाइनलमा एक सय ८० रनले हराउँदै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । भारतले सन् २०१३ मा इङ्ल्याण्डलाई हराउँदै उपाधि जितेको थियो ।
यसअघि हिजो भएको खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई पाँच विकेटले हराउँदै विजयी शुरुवात गरेको छ । च्याम्पियन्स ट्रफीमा पाकिस्तान, भारत, बङ्गलादेश तथा न्यूजिल्याण्ड समूह ‘ए’ मा छन् । अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।