आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डाै – आईसीसी च्याम्पियन्स ट्रफीमा बङ्गलादेशले भारतलाई २ सय २९ रनकाे लक्ष्य दिएकाे छ ।
दुबईमा टस जितेर ब्याटिङ गरेकाे बङ्गलादेशले ४९ ओभर ४ बलमा २ सय २८ रनमा अलआउट भयाे । बङ्गलादेशका त्वहिद हृदाेयले शतक बनाए । यस्तै जकेर अलीले अर्धशतक बनाए । बङ्गलादेशले ३५ रनमा ५ विकेट गुमाएकाे अवस्थामा त्वहिद र जकेरले छैटाैं विकेटका लागि १ सय ५४ रनकाे साझेदारी गरे । भारतका माेहम्मद शमीले ५ विकेट लिए ।
याे खेलमा शमीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय विकेट पूरा गरेका छन् । उनी सबैभन्दा कम खेलमा याे उपलब्धि हासिल गर्ने दाेस्राे खेलाडी बनेका छन् । शमीले २ सय विकेट लिन १ सय ४ खेल खेले । १ सय २ खेलमा २ सय विकेट पूरा गरेका अस्ट्रेलियाका मिचेल स्टार्क पहिलाे नम्बरमा छन् ।
सबैभन्दा कम बलमा २ सय विकेट पूरा गर्ने सूचीमा भने शमी पहिलाे नम्बरमा छन् । शमीले ५ हजार १ सय २६ बलमा याे उपलब्धि हासिल गरे । ५ हजार २ सय ४० बलमा २ सय विकेट पूरा गरेका स्टार्क दाेस्राे स्थानमा छ ।
हिजो भएको उद्घाटन खेलमा पाकिस्तानलाई हराउँदै न्युजिल्यान्डले विजयी शुरुआत गरेको छ । न्युजिल्यान्डले पाकिस्तानलाई ६० रनले हरायाे ।
१९ दिनसम्म चल्ने प्रतियोगितामा विश्वका उत्कृष्ट आठ वटा टोली सहभागिता छन् । भारतका खेल भने दुबईमा हुनेछ । नवौं संस्करणको च्याम्पियन्स ट्रफीको फाइनल खेल आउँदो मार्च ९ तारिखमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।