आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डाै – आज गण्डकी प्रदेशको एक/दुई ठाउँमा सामान्य पानी परेको छ । स्याङ्जाको स्याङ्जा स्टेशनमा पछिल्लो १२ घण्टामा ७ मिलिमिटर वर्षा भएको छ । यस्तै म्याग्दीको मुना स्टेशनमा १२ घण्टामा ३ दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।
गण्डकी प्रदेशका प्रायः सबै जिल्लाका केही ठाउँमा छिटपुटदेखि सामान्य वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच काठमाण्डौ उपत्यकासहित बागमती, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भएको छ । यी प्रदेशका केही ठाउँमा आज राति फाटफुट पानी पर्ने सम्भावना रहेको मौसमविद् हरिप्रसाद दाहालले बताउनुभयो ।
विशेषगरी पश्चिम क्षेत्रका कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा पानी पर्ने पूर्वानुमान छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुनेछ । मधेशमा मौसम आंशिक बदली भए पनि वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् दाहालका अनुसार भोलि दिउँसोपछि मौसममा क्रमिक सुधार हुँदै जानेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।