त्वहिदकाे शतकमा बङ्गलादेशले बनायाे २ सय २८ रन, शमीले ५ विके...
फागुन ८, २०८१ बिहिबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि प्रदूषण बढ्न थालेको छ ।
काठमाण्डौ, धनगढी, हैटौँडा, पोखरा, नेपालगञ्ज लगायतका ठाउँमा प्रदूषण धेरै छ । विश्वभरको वायु गुणस्तर मापन गर्ने यूएस आईक्यूएअरका अनुसार यी ठाउँको प्रदूषण एक सय भन्दामाथि छ ।
५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकाङ्क कटेमा वायु अस्वस्थ मानिन्छ । मौसमविद्का अनुसार पानी नपरेसम्म वा ठूलो हुरी नचलेसम्म वायू प्रदूषण कम हुँदैन । तर प्रदूषण हटाउने गरी पानी पर्ने सम्भावना कम देखिएको मौसमविदको भनाइ छ ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै मौसमविद् तथा डाक्टरहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
नेपालमा उद्योग कलकारखाना र गाडीबाट निस्कने धूवाँ, वन डढेलो, खुला रूपमा गरिने फोहोर तथा कृषिजन्य अवशेष जलाउने चलन, घरवाट निस्कने धूवाँ, सडक र निर्माण कामबाट उड्ने धुलोलगायतका कारण प्रदूषण बढ्ने गर्छ ।
प्रदूषणले फोक्सो, आँखा, छाला, छाती, मुटु लगायत विभिन्न अङ्ग तथा समग्र मानव स्वास्थ्यमा असर गर्ने भएकाले सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परेमा मास्कको प्रयोग गर्न डाक्टरहरुको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।