आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डौ – नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा काठमाण्डौमा भइरहेको सभापति कप फुटबलको फाइनल खेल आज हुँदैछ ।
उपाधिका लागि बेलुका साढे ५ बजे सङ्कटा क्लब र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुने छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालमा हुने फाइनल खेल अघि बेलुका ४ बजेदेखि रङ्गशालामा झाँकीसहितको प्रस्तुती रहेने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ र उप विजेताले नगद १३ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
फाइनल खेलको टिकट मूल्यमा भने परिवर्तन गरिएको छ । क्वाटर फाइनल र सेमिफाइनलसम्म एक सय र दुई सय तोकिएकोमा फाइनल खेलका लागि साधारणतर्फ दुई सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ तोकिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।