शनिवार पानी पार्ने प्रणाली भित्रिँदै, तराईमा हुस्सु र कुहिरोक...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा विदेश गएका र स्वदेश नफर्किएका प्राध्यापक र कर्मचारीलाई कारबाही गर्ने भएको छ ।
त्रिविबाटै सेवा सुविधा लिएर विदेश गए पनि पढाइ सकेर उतै हराउने शिक्षक, कर्मचारीको सङ्ख्या बढ्दै गएपछि त्रिविमा अध्ययनरत विद्यार्थीले आन्दोलन गर्दै आएका थिए ।
१० बुँदे मागसहित भइरहेको आन्दोलनमा नौ बुँदे सहमति गर्दै त्रिविका कार्यकारीबाटै विदेश गएका र नफर्किएकाहरुलाई कारबाही गर्ने प्रतिबद्धता आएको हो । सहमतिसँगै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष अर्थात् (रेक्टर) को कार्यकक्ष अगाडि पाँच विद्यार्थी सङ्गठनले एक हप्तादेखि गर्दै आएको धर्ना स्थगित भएको छ ।
विभिन्न विद्यार्थी सङ्गठनले १० बुँदे माग राख्दै रेक्टर खड्ग केसीको कार्यकक्ष छिर्ने ढोकामा धर्ना दिँदै आएका थिए । बिहानी र दिवा कक्षा सञ्चालन गर्नुपर्ने, विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्था गर्नुपर्ने, सेवा आयोगको विज्ञापन तत्काल खोल्नुपर्नेलगायतका माग विद्यार्थी सङ्गठनले अघि सारेका थिए ।
त्रिविले करार र आंशिक शिक्षकलाई स्वतः करार र स्थायी गर्ने निर्णय कार्यान्वयन नगर्ने, रिक्त रहेको उपप्राध्यापक तथा कर्मचारीका लागि खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्न नयाँ विज्ञापन खोल्न, मेरिटका आधारमा उत्कृष्टलाई नियुक्ति गर्न बाधा पुग्ने कार्यविधि संशोधन गर्न सहमत भएको अखिल (क्रान्तिकारी) विद्यार्थी सङ्गठनका अध्यक्ष दिनेश ऐरले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।