अफगानिस्तानका आवासीय भवनमा महिला देखिने गरी झ्याल राख्न प्रतिबन्ध

 पुष १५, २०८१ सोमबार १५:१२:३१ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

अफगानिस्तानमा तालिबान सरकारले महिला विरोधी अर्को आदेश जारी गरेको छ । तालिबानका सर्वाेच्च नेताले आवासीय भवनहरूमा झ्यालहरू नराख्न आदेश दिएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

तालिबानका सर्वाेच्च नेताले महिलाहरू देखिने ठाउँमा झ्यालहरू नराख्न र अहिले रहेका झ्यालहरू पनि बन्द गर्न आदेश दिएका खबरमा उल्लेख छ । सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदले भान्साकोठामा, आँगनमा वा पानी जम्मा गर्दा महिलाहरू काम गरिरहेको देख्दा ‘अश्लील कार्यहरू हुन सक्ने’ सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

तालिबानले नगरपालिकाका अधिकारीहरू र अन्य सम्बन्धित क्षेत्रहरूलाई तोकिएको क्षेत्रमा झ्यालहरूमा प्रतिबन्ध लगाउन अनुगमन गर्न पनि भनेको छ ।

सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि महिलाहरूलाई सार्वजनिक ठाउँहरूमा प्रतिबन्ध लगाइरहेको छ । तालिबानको यो कदमको संयुक्त राष्ट्रसङ्घलगायत धेरै पश्चिमी देशहरूले निन्दा गरेका छन् ।

अफगानिस्तानमा तालिबानले बालबालिका र महिलाहरूका लागि प्राथमिक शिक्षापछि प्रतिबन्ध लगाएको छ । तालिबानी महिलाहरूलाई काम गर्न तथा पार्क र अन्य सार्वजनिक ठाउँहरूमा जान पनि दिइएको छैन ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया