फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
दक्षिण कोरियाले विमान दुर्घटनापछि हवाई सुरक्षा जाँच गर्न आदेश दिएको छ । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले आफ्नो भूमिमा सबैभन्दा घातक विमान दुर्घटनामा एक सय ७९ जनाको ज्यान गएको एक दिनपछि देशको सम्पूर्ण वायु सेवा सञ्चालनको आपत्कालीन सुरक्षा निरीक्षणको आदेश दिनुभएको हो ।
जेजु एअरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो दुर्घटना भएको थियो । कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले घटनाका अनुसन्धानकर्ताहरूलाई शोक सन्तप्त परिवारहरूलाई सान्त्वनाका लागि भए पनि दुर्घटनाको अनुसन्धान छिटो सक्न आग्रह गर्नुभएको छ ।
जिम्पो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जेजु एअरको अर्को उडान पनि आज अवतरणका क्रममा केही प्राविधिक समस्या आएको भन्दै सियोल फर्किएपछि दक्षिण कोरियामा हवाई सुरक्षामा स्पष्ट चुनौती देखिएको बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।