फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
म्याग्दी – अमेरिकामा रहेका म्याग्दीका सुजनप्रसाद गौतम नेतृत्वको अनुसन्धानकर्ताहरूको टोलीले नेपालमा सौर्य गतिविधि र वर्षाको सम्बन्धका विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।
अनुसन्धानकर्ता गौतमको नेतृत्वमा अनुसन्धानकर्ता अशोक सिल्वाल, वासुदेव बराल र डा. विनोद अधिकारीको टोलीले ‘द पोसिबल इम्प्याक्ट अफ सोलार एक्टिभिटी अन रेनफल इन नेपाल : अ केस स्टडी’ शीर्षकमा गर्नुभएको अध्ययनको प्रतिवेदन अन्तर्राष्ट्रिय जर्नल ‘एड्भान्सेस इन स्पेस रिसर्च’मा प्रकाशित भएको हो ।
जल तथा मौसम विज्ञान विभागको सन् १९६८ देखि सन २०२३ सम्मको पोखरा र काठमाण्डौको मासिक वर्षाको तथ्याङ्कहरूलाई सौर्य गतिविधिको सम्बन्धलाई आधार मानेर अध्ययन गरिएको अनुसन्धानकर्ता गौतमले बताउनुभयो ।
अध्ययनले नेपालका दुई शहर पोखरा र काठमाण्डौको मासिक वर्षा र सौर्य गतिविधिबीचको सम्बन्धलाई वैज्ञानिक दृष्टिले प्रमाणित गरेको उहाँको भनाइ छ । सौर्य गतिविधि र वर्षाको प्रवृतिमा ११ वर्षे दीर्घकालीन समानता पाइएको पनि उहाँले बताउनुभयो ।
११ वर्षको सौर्य चक्रको असर वर्षामा पर्ने र यो तथ्यलाई आधार मानेर वर्षाजन्य विपद्को जोखिममा रहेका ठाउँमा पूर्वसतर्कता अपनाउन सहयोग पुग्ने अनुसन्धानकर्ता गौतमले बताउनुभयो ।
उहाँका अनुसार विश्वका विभिन्न देशहरूमा सौर्य गतिविधि र वर्षाका बीचको सम्बन्धबारे अनुसन्धान भए पनि भौगोलिक विविधतायुक्त नेपालमा यो विषयमा भएको वैज्ञानिक प्रमाण सीमित थिए । यसैले यो अध्ययन प्रतिवेदन नेपालका लागि सान्दर्भिक र महत्त्वपूर्ण मानिएको छ ।
सूर्यको विकरणमा हुने परिवर्तन, ‘सनस्पट’ चक्र र सौर्य वायुको उतारचतावले पृथ्वीको जलवायु प्रणालीमा महत्त्वपूर्ण प्रभाव पर्न सक्ने विश्वका अरू देशहरूमा भएका पुराना अध्ययनहरूले प्रमाणित गरेको छ ।
वायुमण्डलीय परिसञ्चालन, बादल निर्माण र वर्षाका ढाँचाहरूलाई प्रभावित पार्ने प्रतिवेदनमा उल्लेख छ । ‘क्रस वेभलेट ट्रान्सफर्म’ अध्ययन प्रविधिको प्रयोग गरेर तथ्याङ्कको अध्ययन र विश्लेषण गरिएको हो ।
नेपालमा सौर्य गतिविधिले जलवायु प्रणालीमा पार्ने प्रभावको महत्त्व उजागर गरेको यस अध्ययन प्रतिवेदनले सौर्य गतिविधि र जलवायु परिवर्तनबीचको अन्तरसम्बन्ध पहिचान गर्न आधार सिर्जना गरेको छ ।
सौर्य गतिविधिलाई नेपालमा जलवायु परिवर्तन अध्ययनको एक महत्त्वपूर्ण कारकका रूपमा स्थापित गरेको छ । यसले नेपालको वैज्ञानिक समाज र जलवायु व्यवस्थापनसम्बन्धी रणनीतिहरूमा नयाँ दृष्टिकोण थप्ने अपेक्षा गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।