विश्वका १९ प्रतिशत बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका राष्ट्र सङ्घको भनाइ

 पुष १५, २०८१ सोमबार ९:३४:५५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

विश्वका १९ प्रतिशत बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा बस्ने गरेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । राष्ट्र सङ्घले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा अन्य ४७ करोड २० लाख बालबालिका द्वन्द्व र हिंसाका कारण विस्थापित भएका उल्लेख छ ।

अध्ययनमा संयुक्त राष्ट्र बालकोष (युनिसेफ) ले प्यालेस्टाइन, म्यानमार, हाइटी र सुडानजस्ता क्षेत्रमा चलिरहेको द्वन्द्वकाे विश्लेषण गर्दै दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब द्वन्द्वको सामना गरिरहेको बताएको छ ।

गाजा र युक्रेनमा भएको द्वन्द्वमा हजारौँ बालबालिका मारिएका तथा घाइते भएकाले सन् २०२३ को तुलनामा सन् २०२४ को पहिलो नौ महिनामा बढी बालबालिकाको ज्यान भएको राष्ट्र सङ्घले पुष्टि गरेको समाचार संस्था एएफपीले जनाएको छ  ।

प्रतिवेदनअनुसार इजरायल र प्यालेस्टाइन बीचको द्वन्द्वका कारण गएको १५ महिनामा गाजामा कम्तिमा १७ हजार ४ सय ९२ बालबालिकाको ज्यान गएको छ । यसैबीच सन् २०२४ द्वन्द्वमा परेका बालबालिकाका लागि सबैभन्दा नराम्रो वर्ष भएको युनिसेफले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया