पाथीभरामा केबुलकार निर्माणको विषयलाई लिएर सांसदहरूले सरकार...
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ – भारतको पुणे शहरमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनशिपको उपाधि नेपालले जितेको छ । प्रतियोगितामा नेपालले विभिन्न उमेर र तौल समूहमा गरी १७ स्वर्ण पदक जितेर उपाधि हासिल गरेको हो । नेपालका तर्फबाट विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गरेका खेलाडीले ५ रजत र २ कास्य पदकसमेत प्राप्त गरेका छन् ।
प्रतियोगितामा नेपाली खेलाडी रिमा कुमालले ६८ किलो तौल समूहमा भारत र श्रीलङ्काका प्रतिस्पर्धीलाई हराउँदै स्वर्णपदक जितेकिछिन् । विपिन रानाले ५० किलो तौल समूहमा र शाहिल गुरुङले ५५ किलोमा स्वर्ण पदक प्राप्त गरे ।
नेपालका बुद्धि तामाङ, नेहा श्रीस, रजिना दर्लामी, निखिल कुमाल, दिवश आले, मोहित थापा, अमिशा पोखरेल, दिया छन्त्याल, समीक्षा दर्लामी, आदित्य गुरुङ, प्रविन भट्टराई र आकृति छन्त्यालले समेत स्वर्ण पदक जित्न सफल भए ।
प्रतियोगितामा भारत १६ स्वर्ण, २९ रजत र ६१ कास्य पदक प्राप्त गरी दोस्रो तथा श्रीलङ्का ६ स्वर्ण, ५ रजत र १५ कास्य पदक प्राप्त गरी तेस्रो भयो ।
यसअघि नेपालको तर्फबाट उत्कृष्ट काता प्रदर्शन गरेका १० वर्षमुनि समूहका सिद्वार्थ रानाले स्वर्ण पदक प्राप्त गरेका थिए। समूहगत कातातर्फ पनि नेपालका ६ खेलाडीले स्वर्ण पदक जिते ।
भारतीय राष्ट्रिय कराते सङ्घको आयोजनामा भएको प्रतियोगितामा नेपाल, भारत र श्रीलङ्काका विभिन्न उमेर समूहका एक सयभन्दा बढी खेलाडी सहभागी थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।