फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
पश्चिम अफ्रिकाबाट स्पेनतर्फ गइरहेको डुङ्गा मोरक्कोमा पल्टिँदा कम्तीमा ६९ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा २५ जना मालीका नागरिक रहेका बीबीसीले जनाएको छ ।
झन्डै ८० जना सवार रहेका ‘अस्थायी डुङ्गा’ मा ११ जनामात्रै बाँचेका मालीका अधिकारीहरूले जानकारी दिएका छन् । बाँचेका ११ मध्ये नौ जना मालीका नागरिक रहेका खबरमा उल्लेख छ । यो डुङ्गा गएको हप्ता डुबेको थियो तर मालीले अहिले पुष्टि गरेको हो ।
माली लामो समयदेखि जिहादी र पृथकतावादी हिंसाको शिकार हुँदै आएको छ । जसका कारण सन् २०२० र २०२१ मा देशमा सैनिक विद्रोह भएको थियो । सैन्य सरकारले गएको मार्चमा आचुनाव गराउने वाचा गरेको थियो तर अहिलेसम्म चुनाव भएको छैन ।
देशको अवस्थालाई लिएर ठूलो सङ्ख्यामा मानिसहरू गैरकानूनी रूपमा युरोप पुग्न एट्लान्टिक रुट प्रयोग गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।