सङ्खुवासभामा यो वर्ष ३४ करोड रुपैयाँभन्दा धेरै मूल्यको सुन्तला बिक्री

 पुष ११, २०८१ बिहीबार १५:१७:५० | रासस
unn.prixa.net

तस्बिर : रासस

सङ्खुवासभा – सङ्खुवासभामा यो वर्ष ३४ करोड रुपैयाँभन्दा धेरै मूल्यको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्ष अहिलेसम्म ३४ करोड ८५ लाख रुपैयाँको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्रका प्रमुख छत्र विश्वकर्माले यावदले जानकारी दिनुभयो ।

पछिल्लो केहीवर्षयता उत्पादनमा निरन्तर ओरालो लागेकामा यस वर्ष भने वृद्धि भएको उहाँको भनाइ छ । सङ्खुवासभामा स्थानीय जातका सुन्तला उत्पादन हुन्छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई सुन्तला जोन लागू भई किसानलाई प्रोत्साहन कार्यक्रममार्फत सहयोग पुर्‍याएपछि उत्पादन बढ्दै जान थालेको हो ।

सङ्खुवासभामा गएको वर्ष १९ करोड ९३ लाख रुपैयाँको सुन्तला बिक्री भएकामा यसवर्षको अहिलेसम्म्म ३४ करोड रुपैयाँभन्दा धेरैको कारोबार भइसकेको छ । तीन हजार चार सय ८५ मेट्रिकटन सुन्तला उत्पादन भएको यादवले जानकारी दिनुभयो । उत्पादन भएको सुन्तला बगानबाटै प्रतिकिलो एक सय रुपैयाँमा बिक्री भइरहेको छ । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया