पहिलाे हाफमा नेपाल र म्यानमारबीच २–२ गाेलकाे बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ – इग्लिस प्रिमियर लिग फुटबलमा गएराति आर्सनल, न्यु क्यासल, नटिङघम फरेस्ट र एस्टन भिल्ला विजयी भएका छन् । आर्सनलले क्रिष्टल प्यालेसलाई ५–१ गोलले हरायो । उसका लागि जिसस, हाभार्ट, मार्टिनेली र राइसले गोल गरे । आर्सलन १७ खेलमा ३३ अङ्कसहित तेस्रो स्थानमा पुगेको छ ।
यस्तै ब्रेन्टफोर्डलाई २–० गोलले हराउँदै नटिङघम फरेस्ट ३१ अङ्कसहित चौथो स्थानमा पुगेको छ । अर्को खेलमा एस्टन भिल्लाले म्यानचेस्टर सिटीलाई २–१ गोलले हराएको छ । भिल्लाका डुरान र रोग्रेसले गोल गरे । सिटीका फोडेनले इन्जुरी समयको तेस्रो मिनेटमा सान्त्वना गोल गरे ।
पछिल्लो समय खराब प्रदर्शन गरिरहेको सिटी २७ अङ्कसहित छैठौँ स्थानमा छ । २८ अङ्क भएको भिल्ला पाँचौ स्थानमा छ । गएरातिकै अर्को खेलमा न्युक्यासलले इपस्वीच टाउनलाई ४–० गोलले हरायो भने ब्राइटन र वेस्टह्यामले बराबरी खेलेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।