फ्रान्समा श्रीमतीलाई बेहोश बनाएर बलात्कार गराउने पुरुषलाई २० वर्षको जेल सजाय

 पुष ५, २०८१ शुक्रबार १५:१०:५९ | एजेन्सी
unn.prixa.net

तस्वीर : राेयटर्स

फ्रान्समा श्रीमतीलाई बेहोश बनाएर अरू पुरुषहरूबाट बलात्कार गराउने एक पुरुषलाई अदालतले २० वर्षको सजाय सुनाएको छ । डोमिनिक पेलिको नाम गरेका पुरुषले श्रीमतीलाई बेहोश बनाउने औषधि दिएर एक दशकको अवधिमा कैयौं अपरिचित व्यक्तिबाट बलात्कार गराएको पुष्टि गर्दै अदालतले सजाय तोकेको बीबीसीले जनाएको छ ।

अदालतले डोमिनिकलाई २० वर्षको र अरू ५० जना अभियुक्तलाई ३ देखि १५ वर्षको जेल सजाय सुनाएको छ । ७२ वर्षीय डोमिनिक पेलिकाेविरुद्ध उनकै श्रीमतीले बलात्कारका ९१ वटा मुद्दा दर्ता गरेकोमा प्रहरीले ५१ जनालाई पक्राउ गरेको थियो ।

सबै अभियुक्त डोमिनिकसँग इन्टरनेटमार्फत सम्पर्कमा आएका थिए । महिलालाई बलात्कार गर्नेमा फायरम्यान, लरी चालक, नगरपालिका काउन्सिलर, बैंक कर्मचारी, जेल गार्ड, नर्स र पत्रकारलगायत छन् ।

प्रहरीका अनुसार डाेमाेनिकले श्रीमतीलाई खानामा बेहोश हुने औषधि खुवाएपछि अरू पुरुषलाई बोलाएर बलात्कार गराउँथे र घटनाको भिडियो पनि बनाउँथे । घटना सन् २०११ देखि २०२० सम्म भएको थियो । घटना हुँदा बेहोश बनाउने भएकोले महिलालाई आफू बलात्कृत भएको बारेमा थाहा थिएन ।

डोमिनिक अरू नै मुद्दामा पक्राउ परेपछि उनकाे कम्प्युटर जाँच गर्दा श्रीमतीसँग अरू पुरुषले यौन सम्बन्ध राखेका भिडियोहरू भेटिएपछि अनुसन्धान अघि बढेको बीबीसीले जनाएको छ । कैयौं भिडियो रहेकामा सबैमा उनी बेहोश देखिएकी थिइन् ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया