सहकारी ठगी : लेखा समिति सभापतिकी पत्नी अञ्जला कोइरालासहित २...
पुस २, २०८१ मंगलबार
काठमाण्डाै – हिजो उच्च अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ९५ अङ्कले बढेर दुई हजार ६ सय ३३ दशमलव ८७ विन्दुमा पुगेको छ ।
आज विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन, म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, होटल, माइक्रोफाइनान्स, निर्जीवन बीमा, लगानी समूहको शेयर दोहोरो अङ्कले बढेको छ ।
आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । नेप्से सामान्य बढेको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज बजार बढे पनि कारोबार रकम भने घटेको छ । हिजो पाँच अर्ब ९३ करोडको शेयर कारोबार भएकोमा आज तीन सय १८ वटा कम्पनीका ८९ लाख ३९ हजार कित्ता शेयर चार अर्ब ३४ करोड रुपैयाँमा किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।