कागजपत्र लगेर कम्पनी दर्ता गर्ने प्रक्रिया बन्द भइसक्यो
मंसिर ३०, २०८१ आइतबार
कैलाली – २७ वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थलमा आजदेखि उडान शुरु भएको छ । आज दिउँसो तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा उडान शुरु भएको हो ।
२०४१ साल असोज २५ गतेदेखि सञ्चालनमा आएको विमानस्थल द्वन्द्व शुरु भएसँगै २०५३ साल माघदेखि बन्द हुन पुगेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो । पहिलो उडानमार्फत टीकापुर पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँलगायतले स्वागत गर्नुभएको थियो ।
विमान अवतरणका क्रममा सयौँको सङ्ख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए । राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी काठमाण्डौ–टीकापुर सिधा हवाई उडान नियमित सञ्चालन गरिने बताउनुभएको छ ।
टीकापुर नगरपालिकाको विशेष पहलमा काठमाण्डौदेखि नेपालगञ्जसम्म यति एयरलाइन्समार्फत र नेपालगञ्जबाट ‘कनेक्टिङ फ्लाइट’मार्फत टीकापुर विमानस्थलसम्म तारा एयरले उडान गर्ने गरी व्यवस्थापन गरिएको टीकापुरका मेयर डगौराले जानकारी दिनुभयो । यो विमानस्थलमा हरेक हप्ताको आइतवार र बिहीवार काठमाण्डौ–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाण्डौ उडान हुनेछ ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाण्डौबाट बिहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान भर्नेछ भने त्यहाँबाट दिउँसो साढे १२ बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । त्यसै दिन दिउँसो एब बजेर २० मिनेटमा तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो दुई बजेर ५ मिनेटमा यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाण्डौ अवतरण हुने तालिका छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।