एनपीएलकाे विजेताले १ कराेड १० लाख रुपैयाँ पुरस्कार पाउने
पुस २, २०८१ मंगलबार
काभ्रेपलाञ्चोक – गएको असोज दोस्रो हप्ता बाढी पहिरोले घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि काभ्रेको रोशी गाउँपालिकाले बल्ल अस्थायी आवास निर्माण थालेको छ ।
बाढी पहिरोमा परी गाउँपालिकामा १२ जनाको ज्यान गएको थियो । चार सय ८२ घरमा पूर्ण रूपमा तथा आठ सय ८३ घरमा आंशिक क्षति पुगेको थियो ।
चिसो बढ्दै गएपछि बाढी पहिरो पीडित अझ प्रभावित हुने भएपछि झन्डै तीन महिनापछि पहिलो चरणमा घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार वडा नम्बर २ बाट अस्थायी आवास निर्माणको काम शुरू गरिएको हो । यस वडामा ३० वटा अस्थायी आवास निर्माण हुनेछ ।
विभिन्न सहयोगी संस्थाको साझेदारीमा विपद् पीडितको अस्थायी आवास निर्माण भइरहेको अध्यक्ष लामाले बताउनुभयो । स्थानीय स्रोत, साधन प्रयोग गरी अस्थायी आवास निर्माण भइरहेको हो ।
वडा नम्बर २ मा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट स्वीकृत मापदण्डअनुसार नै अस्थायी आवास निर्माणको काम भइरहेको छ ।
यस्तै व्यक्तिगत सहयोगमा वडा नम्बर ९ नार्के तथा आसपास ३० अस्थायी आवास निर्माणको काम भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।