इजरायलमा हाइपरसोनिक मिसाइल हानेको यमनको हुथी विद्रोहीको दाबी

 पुष २, २०८१ मंगलबार १५:११:५२ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

यमनको हुथी विद्रोहीले इजरायलमा हाइपरसोनिक मिसाइल हानेको दाबी गरेको छ । राजधानी तेल अभिभमा रहेको सैन्य बेसमा हाइपरसोनिक मिसाइल प्रहार गरेको हुथी विद्रोहीको दाबी छ ।

गाजापट्टीमा भइरहेको इजरायली नरसंहारको विरोधमा र प्यालेस्टाइनको समर्थनमा हाइपरसोनिक मिसाइल प्रहार गरेको हुथी विद्रोहीको विज्ञप्तिलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । हुथी सैन्य प्रवक्ता याह्या सरियाले इजरायलमा हाइपरसोनिक मिसाइल हान्ने आफूहरूको योजना सफल भएको र खुशी मिलेको दाबी गरेका छन् ।

हुथी समूहले गाजामा भइरहेको नरसंहार नरोकेसम्म इजरायलविरुद्ध थप सैन्य अभियानहरू जारी राख्ने चेतावनी दिएको छ । हुथीले मिसाइल प्रहार गर्दा इजरायलको राजधानीमा चेतावनीका साइरन बजेका थिए ।

यसैबीच अमेरिकी–बेलायती सैन्य गठबन्धनले लाल सागरको उत्तर–पश्चिमी यमनको हज्जाह प्रान्तको बाहिस क्षेत्रमा हुथीहरूको मोबाइल रकेट लन्चरमा मिसाइल हमला गरेको दाबी गरेको छ । हुथी–सञ्चालित अल–मसिराह टिभीले आक्रमणको पुष्टि गरेको हाे । आक्रमणमा कम्तीमा पाँच जना हुथी लडाकु मारिएका छन् र सात जना घाइते भएका छन् ।

इजरायलले गाजामा गरिरहेको आक्रमणको विरोधमा हुथीले लाल सागरमा दर्जनौं मालवाहक पानीजहाजमा आक्रमण गरिरहेका छन् । इजरायल र इजरायली गठबन्धनसँग जोडिएका पानी जहाजमा हुथीले आक्रमण गरेर अर्बाैं डलरको क्षति पुर्‍याएका छन् ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया