यू–१९ महिला एशिया कप : भारतसँगकाे खेलमा नेपाल टस हारेर ब्य...
पुस २, २०८१ मंगलबार
अमेरिकाको एक विद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गएको छ । विद्यालयकै एक छात्राले गोली चलाएको र दुई जनाको ज्यान गएको प्रहरीको भनाइ छ । घटनामा अरु छ जना विद्यार्थी घाइते भएका छन् ।
विस्कन्सिन राज्यको निजी क्रिस्चियन विद्यालयमा शिक्षक र किशोर विद्यार्थीलाई गोली हानी हत्या गर्ने १७ वर्षीय किशोरी रहेकी बीबीसीले जनाएको छ । गोली चलाउनुको कारण खुलेको छैन । घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ ।
प्रहरीले परिवारको सहयोगमा ती किशोरीमाथि अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि विद्यालयसँगैको सडक पनि बन्द गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार यो वर्ष मात्रै अमेरिकाभर विद्यालयमा ३८ वटा गोलाबारीका घटना भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।