सबैभन्दा धेरै कर तिर्ने विभिन्न संस्था र व्यक्ति सम्मानित : संस्थातर्फ नेपाल टेलिकम र व्यक्तिमा राजबहादुर शाह उत्कृष्ट

 मंसिर १, २०८१ शनिबार १२:११:३३ | रासस
unn.prixa.net

काठमाण्डौ – सरकारले गएको आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्ने विभिन्न संस्था र व्यक्तिलाई सम्मान गरेको छ ।

राष्ट्रिय कर दिवसको अवसरमा आज भएको कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले उत्कृष्ट संस्था र व्यक्तिलाई सम्मान गर्नुभएको हो । सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) सम्मानित भएको छ ।

यस्तै एकलौटी फर्महरूमध्ये श्रुती ट्रेडर्स, निर्याततर्फ डाबर नेपाल, कृषि तथा पशुपन्छी उद्योगमा पतञ्जली आयुर्वेद, सूचना प्रविधि सेवा निर्याततर्फ कोडावतार टेक प्रालि, बैंकतर्फ नबिल बैंक, रेमिटेन्सतर्फ सिटी एक्सप्रेस र स्वास्थ्य तथा शैक्षिक संस्थामा लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल सम्मानित भएका छन् ।

यस्तै, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल, वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट, ऊर्जामूलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी र मूल्य अभिवृद्धि कर विवरण र समयमै तर तिर्ने करदातामध्ये होङ्सी शिवम् सिमेन्ट प्रालि सम्मानित भएका छन् ।

यस्तै, वार्षिक कारोबार ५० देखि बढीमा एक सय करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये सीडीएस एण्ड क्लियरिङ लिमिटेड सम्मानित भएको छ । यस्तै, वर्षभरी सर्वाधिक आयकर तिर्ने व्यक्तिका रुपमा राजबहादुर शाह सम्मानित हुनुभएको आन्तरिक राजस्व विभागले जनाएको छ ।
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया