सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
भारतको पूर्वी राज्य पश्चिम बङ्गालका स्वास्थ्य अधिकारीले 'एभियन इन्फ्लुएन्जा' वा बर्ड फ्लूको प्रकोपको कुनै खतरा नरहेको बताएका छन् । उनीहरुले आत्तिनुपर्ने कारण नरहेको र मानिस वा चराबाट बर्ड फ्लू सर्ने नयाँ घटना नदेखिएको बताएका छन् । कुखुरा, अण्डा र हाँसको मासु तथा उत्पादनको उपभोगमा कुनै प्रतिबन्ध नरहेको पनि जानकारी दिएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
स्वास्थ्य विभागका अनुसार मालदा जिल्लामा एक बच्चालाई गएको जनवरीमा 'एभियन इन्फ्लुएन्जा' पत्ता लागेको थियो । चार वर्षका ती बालकलाई 'एच–९ एन–२' भाइरसबाट हुने बर्ड फ्लूको सङ्क्रमण देखिएको थियो । केस पत्ता लागेपछि स्वास्थ्य विभागले परिवारका सदस्य र अन्य व्यक्तिको निगरानी गरेको थियो । तर कसैमा पनि भाइरसको सङ्क्रमण देखा नपरेको स्वास्थ्य अधिकारीको भनाइ छ ।
सन् २०१९ मा पहिलो पटक भारतबाट विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) लाई सूचित गरिएको एभियन इन्फ्लुएन्जा (एच–९ एन–२) को यो दोस्रो मानव सङ्क्रमण हो । त्यसैअनुसार डब्लूएचओले हालै पश्चिम बङ्गालमा बर्ड फ्लूको एक मानव केसको पुष्टि गरेको थियो । सङ्क्रमण भएका ती बच्चा निको भएको र तीन महिनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।