टुँडिखेलमा २६२औं सेना दिवस (तस्वीरहरू)
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिकले आईएमई रेमिटमार्फत सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने भएका छन् ।
कोषका अनुसार वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफ्नो सामाजिक सुरक्षा नम्बरका आधारमा आईएमई रेमिटमार्फत कोषमा जम्मा गर्नु पर्ने रकम जम्मा गर्न सक्ने भएका हुन् ।
कोषका निर्देशक डा. रोशन कोजु भन्नुहुन्छ ‘घरमा पैसा पठाउँदाजस्तै आफ्नो सामाजिक सुरक्षा नम्बर लिएर रेमिटमा गई सामाजिक सुरक्षा कोषमा आफ्नो रकम जम्मा गरिदिन भन्दा हुन्छ, आईएमई रेमिटले कोषमा रकम जम्मा गरिदिन्छ ।’
कोषले विदेशमा रहेका जुनसुकै रेमिटहरूले पनि रकम जम्मा गरिदिन सक्ने गरी अनलाइन प्रणालीको विकास गरेको छ । तर अहिले कोषको प्रणाली अनुसार आईएमई रेमिटले सबै प्रक्रिया पूरा गरी काम थालेको निर्देशक डा. कोजुले जानकारी दिनुभयो ।
उहाँका अनुसार छिट्टै विदेशमा रेमिट्यान्स पठाउने सुविधा दिइरहेको धेरैजसो रेमिट कम्पनीमार्फत कोषमा रकम जम्मा गर्न सकिने गरी व्यवस्था हुँदै छ ।
रकम जम्मा भए नभएको जानकारी कोषको अनलाइन प्रणालीमार्फत जाँच गर्न सकिन्छ ।