एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले काठमाण्डाैलाई ‘फिल्मको रचनात्मक शहर’ को रूपमा सूचीकृत गरेको छ ।
आज बुधवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै काठमाण्डाै महानगरले यसबारेमा जानकारी गराएको हो । महानगरले अब चलचित्र क्षेत्रको विकास र विस्तारका लागि काठमाण्डाै क्रिएट द काउन्सिल (केसीएसी) स्थापना गर्ने पनि पत्रकार सम्मेलनमार्फत जनाएको छ । चलचित्र क्षेत्रको विकास र विस्तार तथा चलचित्रसँग सम्बन्धित उद्योग सञ्चालन, संरक्षण र प्रवर्द्धनका लागि आवश्यक पर्ने नीति अनुसन्धान र विकासमा जोड दिने बताइएको छ । यसले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै कार्यक्रम, गतिविधि कार्यान्वयन गर्ने महानगरको विश्वास छ ।
विश्व शहर दिवसको अवसरमा काठमाण्डाैसहितका संसारका ५५ वटा शहरलाई 'क्रिएटिभ सिटिज नेटवर्क' मा समावेश गरिएको युनेस्कोले जनाएको छ । युनेस्कोले सात वटा रचनात्मक क्षेत्रअन्तर्गत रहेर ५५ वटा नयाँ शहर सूचीकृत गरेको हो । यी रचनात्मक क्षेत्रमा शिल्प र लोककला, डिजाइन, फिल्म, ग्यास्ट्रोनोमी, साहित्य, मिडिया कला र सङ्गीत समावेश छन् ।
चलचित्र उद्योगमा आबद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबीच समन्वय/सहकार्य गरेर स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरूलाई प्रोत्साहन गर्ने महानगरकाे नीति रहेको छ । चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा वकालत गर्ने, शहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताहरूका लागि बर्सेनि अनुसन्धान फेलोशिप प्रदान गर्ने, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहमति प्रदान गरिने महानगरले बताएको छ । चलचित्र र अन्य रचनात्मक उद्योगहरूका लागि विद्यमान पूर्वाधारलाई सुधार स्तरोन्नति गरिने जनाइएको छ ।
महानगरले अन्तर्राष्ट्रियस्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तर्राष्ट्रिय चित्र महोत्सव, फिल्म एक्स्पो फिल्म समिट जस्ता कार्यक्रम सञ्चालन गर्ने भएको छ । युनेस्को क्रियटिभ सिटिज नेटवर्क (यूसीसीएन) कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।