पाकिस्तानले जिम्बावेलाई १० विकेटले हरायाे

 मंसिर ११, २०८१ मंगलबार १८:१२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एपी

काठमाण्डाै – दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले जिम्बावेलाई १० विकेटले हराएको छ ।

घरेलु टोली जिम्बावेले दिएको १ सय ४६ रनको लक्ष्य पाकिस्तानले एक विकेट पनि नगुमाई एक सय ९० बलअघि नै भेटायो । पाकिस्तानका सइम अयुबले शतक बनाए ।

यसअघि बुलावायोको क्वीन्स स्र्पोट्स क्लबमा टस जितेर ब्याटिङ गरेको जिम्बावे ३२ ओभर ३ बलमा १ सय ४५ रनमा अलआउट भयो । जिम्बावेका डिअन मेर्सले सबैभन्दा धेरै ३३ रन बनाए । पाकिस्तानका अब्रार अहमेदले ४, सलमान अघाले ३ विकेट लिए ।

योसँगै तीन खेलको एकदिवसीय शृङ्खलामा १–१ को बराबरी भएको छ । पहिलो खेल जिम्बावेले जितेको थियो । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल पर्सि बिहीवार हुनेछ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया