चार दिनअघि सेती नदीमा डुबेर ज्यान गुमाएका प्रहरी जवान खोज्न बल्ल पुग्यो टोली

 कात्तिक १८, २०७५ आइतबार १७:४७:५१ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – चार दिन अगाडि सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी जवानको खोजतलासका लागि सशस्त्र प्रहरी इन्स्पेक्टरको कमान्डोमा ५ जनाको टोली बझाङ पुगेको छ । 

बेपत्ता सशस्त्र प्रहरी जवानको शव अझै फेला पर्न सकेको छैन् । प्रहरी डुबेको स्थान सदरमुकाम चैनपुरको सिमल रुख पछाडि सेती नदीको गहिरो तालमा सशस्त्र प्रहरीको विशेष टोली शव खोजीका लागि जाने तयारी गरे पनि नदीको बहाब बढी भएकोले उद्दारमा समस्या भएको हो ।

बिहीबार दिउँसो साढे एक बजे सेती नदीमा नुहाउने क्रममा कञ्चनपुर जिल्ला बेल्डाडी गाउँपालिका घर भएका २३ वर्षीया सशस्त्र प्रहरी जवान राजेन्द्र बुढा नुहाउने क्रममा सेती नदीमा बेपत्ता भएका थिए ।

बेपत्ता प्रहरी जवानको शव पत्ता लगाउनका लागि काडमाडौंबाट २ जना सदस्य गोताखोर टोली र तीन जना अत्तरियाबाट गरी पाँच जना गोताखोरको टोली शनिबार बेलुका बझाङ पुगेको थियो ।

पानीभित्र जाने तालिम प्राप्त गोताखोर सशस्त्र प्रहरी हवल्दार बलराम अधिकारीले नदीमा रहेको तालको खोच ३५ देखि ४० फिट गहिरो भएको र सेती नदीको पुरै पानीको बहाब तालको खोचमा आएकाले पानीभित्र जान नसकेको बताउनुभयो । पानीको बहाब कम गर्न सके खोचमा गएर शवको खोजी गर्न सकिने अन्यथा आफूहरुको ज्यानमा समेत जोखिममा पर्ने उहाँले बताउनुभयो ।

मृतक सशस्त्र प्रहरी जवानका परिवार र आफन्तले शव खोजिदिन आग्रह गरेका छन् । मृतक शसस्त्रका जवान बझाङमा पहिलो पटक आएकाले अफिस व्यवस्थापन तथा सरसफाइ गरेर नुहाउन गएका थिए । उनी नुहाउने क्रममै बेपत्ता भएका हुन् ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया