सरकारको कार्यशैलीमाथि छन्द कविको तीखाे व्यंग्य

 कात्तिक १७, २०७५ शनिबार १६:४३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - मुलुकभर निर्मला हत्याका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन भईरहेका बेला राजधानी काठमाण्डौमा कविहरुले पनि सिर्जना मार्फत सरकारको कार्यशैलीमाथि तिखो व्यंग्य गरेका छन् । 

शुक्रबार लेखन कुञ्जमा आयोजित छन्द कविता वाचनमा कविहरुले निर्मला हत्याका दोषी पत्ता लगाउन नसक्ने सरकारको कार्य शैलीमाथि कलात्मक शैलीमा विरोध गरे ।

उनीहरुले मौलाउदै गएको भ्रष्टाचार, निष्कर्षमा पुग्न नसकेको सुन काण्ड तथा  असान्त र असुरक्षित मुलुकको अवस्थाको मात्रै चर्चा गरेनन् दशैमा शितल निवासमा घुँडा टेकेर टीका लगाउनुपरेको दृष्टान्त माथि पनि प्रहार गरे ।

राजनीतिक दलका नेताले बाड्ने गरेको सपना, संघीयता र खस्कदै गएको भाषा साहित्यप्रति पनि उनीहरुले व्यग्य गरे ।

सिमा सुरक्षा, राष्ट्रियता र राष्ट्रिय स्वभिमानलाई मुल मुद्धा बनाउन नसकेका दलका नेताहरुबीच चलेको स्वार्थको राजनीतिमाथिको प्रस्तुती पनि निकै मार्मिक थियो ।

खलबलियो शान्ति सुरक्षा र नेतृत्वको आश्वासन एवं खस्कदो अर्थतन्त्रका विषय पनि कवितामा समावेश थिए ।

बैदेशिक रोजगारीमा जाने क्रम बढ्दै गईरहेका बेला कविहरुले स्वदेश सुख र प्रदेशको यथार्थतालाई पनि छन्द कवितामा व्यक्त गरे ।  

हत्या, हिंसा र अन्यायविरुद्धको लडाईमा ढिला भईसकेको भन्दै समाजमा व्याप्त विभेद हटाउन सबै किसिमका बाधा हटाएर एक जुट हुने महिला शसक्तिकरणको सन्देश कवितामा दिईयो ।

नेपाली साहित्य र मौलिकताको संरक्षणका लागि लेखन कुञ्जले गरेको छन्द कविताको तेश्रो श्रृंखलालाई आमा विशेष मा केन्द्रीत गरिएको थियो । कविहरुले आमा र बुबाको स्नेहका बारेमा पनि मन छुने श्रृजना पस्किएका थिए ।

लेखन कुञ्जको छन्द कविता श्रृंखलाले हराउदै गएको छन्द कविता श्रृजना र श्रव्य शैलीलाई पुर्नजिवन दिएको छ । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया