६१ किलो सुन तस्करी प्रकरणमा संलग्नविरुद्ध सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्दै

 भदौ ३१, २०८० आइतबार १०:१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा संलग्नविरुद्ध काठमाण्डाै जिल्ला सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्दैछ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दर्ता गर्न लागेको हो।

सीआईबीले झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ। सीआईबीले कारबाहीका लागि सिफारिस गरिएकामध्ये १८ जना फरार छन् ।

तस्करहरुविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी, राष्ट्र बैंक ऐन, नेपाल नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अनुसार कारबाही चलाउनुपर्ने सीआईबीको सुझाव छ । अहिलेसम्म पक्राउ परेकामध्ये ९ जना विदेशी नागरिक छन् । सीआईबीले गएको बुधवार आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

सीआईबीले पछिल्लो ११ महिनामा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३ सय ६३ किलो सुन तस्करी गरी नेपाल ल्याइएको पनि प्रतिवेदनमा उल्लेख गरेको छ । सीआईबीले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने जनाएको छ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया