दाङमा छाेराकाे कुटपिटबाट बाबुकाे ज्यान गयाे

 भदौ २९, २०८० शुक्रबार १२:५१:३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा जाँडरक्सी खाएर छाेराले कुट्दा बाबुकाे ज्यान गएकाे छ । 

घोराही उपमहानगरपालिका–५ दलजितपुरका २८ वर्षीय सन्तोष केसीकाे कुटपिटबाट गएराति ५१ वर्षीय बाबु प्रेमबहादुर केसीकाे ज्यान गएकाे हाे । 

गम्भीर घाइते प्रेमबहादुरको उपचारका क्रममा ज्यान गएकाे दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिनु भएको छ । सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको उहाँले बताउनु भयाे । 

 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया