क्यानडाको जङ्गलमा ५ हप्ताअघि हराएका युवक जीवितै भेटिए
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - नागरिकलाई सहज र सरल रुपमा सेवा दिनु सरकारी कार्यालयकाे कर्तव्य हो । नागरिकबाट उठाएकाे करले चल्ने सरकारी कार्यालय नागरिकप्रति उत्तरदायी हुनुपर्छ । तर, नेपालका धेरै सरकारी कार्यालय आफैँ अशक्त र अव्यवस्थित छन् ।
सरकारी कार्यालयबाट नागरिकले सहज, सरल र छिटो छरितो सेवा पाउन मुस्किल छ । सरकारी कार्यालयहरु व्यवस्थित र चुस्त नभइदिँदा दिनहुँ नागरिकहरु सहजै सेवा लिनबाट वञ्चित हुनुपरेको छ।
काठमाण्डौकै सरकारी कार्यालयहरुको अवस्था हरिबिजोग छ । त्रिपुरेश्वरमा रहेकाे पशु सेवा व्यवसायी परिषद्को भवनभित्र वर्षेभेल पसेको छ भने रेडियो नेपाल परिसर झारपातले ढाकेकाे छ । भन्सार विभागमा बिग्रेको डिजिटल सूचना बोर्डको अवस्था त्यस्तै छ । गुठी संस्थान ललितपुरको जीर्ण भवनमा टेको लगाएको देख्न सकिन्छ भने लोक बाजा सङ्ग्रहालयको अवस्था त्यस्तै नाजुक छ । सिंहदरबार अगाडि राखिएको तोपको अवस्था झनै दयालाग्दाे छ । सरकारले सरसफाइ र व्यवस्थापनका लागि कर्मचारी पनि राखेको हुन्छ । तर, सरकारी कार्यालय वरपर फोहरको थुप्रो नै देखिन्छ ।
राष्ट्रिय सूचना आयोग परिसरमा फ्याँकिएको फोहर, आन्तरिक राजश्व कार्यालय ललितपुरको जीर्ण साइन बोर्ड, यातायात कार्यालय एकान्तकुनामा च्यातिएको नागरिक वडापत्र, सहकारी विकास बोर्डको साइन बोर्ड लगायतले सरकारी सम्पत्तिको दुरुपयोग र हेलचेक्र्याँइकाे तस्बिर देखाएकाे छ ।
न्युज एजेन्सी नेपालले खिचेका सरकारी कार्यालयका फाेटाे।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।