श्रीलङ्का पहिलाे पारीमा ४२ रनमै अलआउट
मंसिर १३, २०८१ बिहिबार
मोटरसाइकलको 'ब्रेक शु' भित्र सुन लुकाएर तस्करी हुने गरेको तथ्य खुलेपछि आफ्नै पहेँलो सु पनि सुन नै हो कि भनेर झसङ्ङ भएको मान्छे सपनामा पनि तर्सन थाल्यो । सुनको कुरा सम्झेर घरीघरी तर्सने रोगको उपचार के होला त ? सोधीखोजी गर्दै जाँदा थाहा भयो, रक्सी । बेस्सरी रक्सी धोकेपछि पिसाबै सुनजस्तो पहेँलो हुने, पिसाबै पहेँलो भएपछि पहेलो सुन सम्झेर तर्सने रोग आफैँ हराउने !
देशमा इमानदार र सोझो त कि आफू कि आफ्ना मान्छे । बाँकी अरू सबै फटाहा र बेइमान । सबै केही न केही काण्डमा मुछिएका । कोही नक्कली भुटानीमा, कोही नक्कली श्रीमतीमा । कोही सुन तस्कर, कोही नुन तस्कर । जता हेरे पनि तस्कर र भ्रष्टाचारीको लस्कर । अब त देश बन्ला कि भनेर मख्ख परेको, कहिल्यै नबन्ने भयो । नेताहरूका उस्तै मारमुङ्ग्री । दलहरूभित्र उस्तै कचकच र झिनाझपटी । सरकारी काममा त्यही बेथिति र ढिलासुस्ती । देशको चिन्ताले कहिल्यै नछोड्ने भयो । चिन्ता दूर गर्ने उपाय के होला त ? यसको पनि एउटै औषधि थाहा भयो, त्यही रक्सीको झोल !
व्यापार व्यवसाय सबै चौपट । आम्दानी सुक्दैछ, खर्च फुक्दैछ । ऋणमाथि ऋण, खर्चमाथि खर्च । न खेती फस्टायो न व्यापार, दुःखको सागरबाट कसरी होला त पार ? टाउकोमा हात राखेर झोक्राइरहेको मान्छेलाई उस्तै बेहालको अर्को मान्छेले उपाय बताइदियो– एक गिलास रित्याएपछि सबै चिन्ता खलास !
आ जोसुकैलाई जेसुकै चिन्ताले सताओस् । आफूलाई खान पुगेकै छ, लगाउन पुगेकै छ । बेकारमा के को चिन्ता ? अरू सबै दुःखी हुँदा आफूलाई मात्रै हाँसीखुशी र मोजमस्ती छ । खुशीयालीको यो अवसरलाई पनि त उत्सवको रूपमा मनाउनुपर्याे । अरू दुःख बिर्साउन पिउँछन्, आफू खुशी साट्न !
..........
रक्सीको तलतलले छोएपछि थरीथरीका बहाना निस्कियो । सुखमा होस् कि दुःखमा, मिलनमा होस् कि बिछोडमा, नोटै नोटको चाङमा सिरानी राखेर सुत्नेलाई होस् कि एकपैसो पनि नभएर नाङ्गो आङ खाली खाटमा सुत्नेलाई, सबैलाई मिल्ने त्यही त छ । तरकारीलाई आलुजस्तो, पियक्डलाई रक्सी !
थरीथरीका बहाना बोकेका पियक्डहरू संयोगले एउटै जाँड अड्डामा भेला भए । देशको अवस्थाले दुःखित भएका, आफ्नै अवस्थाले चिन्तित भएका, अनि अरूको खुशी देखेर मन पोलेका र खुशीले गदगद भएकाहरू आ–आफ्नै पारामा पिउन थाले । जान त जान्छु तर पिउँदिन भनेर पछि लागेकाहरूले पनि थोरै मात्रै चाख्ने शर्तमा साथ दिँदै गए । नपिउँदासम्म सबै अपरिचित थिए, पिउन थालेपछि सबै परिचित । पियक्कडले त यसै पनि बोतल लडायो, पिउँदिन भन्नेले त घ्याम्पै घोप्ट्यायो । पिउँदा पिउँदा जिब्रो लटपटिन र खुट्टा लरबरिन थालेपछि जाँड पार्टीका बुढाहरू मोबाइल हेर्न थाले । सबैका मोबाइलमा बुढीहरूका टिकटक ।
....‘छरछिमेकी साथीसँगी वरको र परको
के छ खबर सुन्तली तिम्रा घरको’....
हैन बुढीले नाम फेरेर सुन्तली राखिसकिछ, आफूलाई पत्तै छैन । सुन्तली पनि ठिकै छ, माया गरेर भन्दा सुन्तु । आहा ! कति राम्रो नाम, सुन्तु । कति राम्रो नाच्दी रहिछ त मेरी सुन्तु । के छ खबर भनेर सोध्ने चाहिँ पल्लोघरकी भाउजु रहिछिन् । हाम्रो घरको खबर त तिनलाई यसै थाहा छ नि, किन सोध्नुपर्याे ‘के छ खबर सुन्तली तिम्रो घरको’ भनेर ।
....‘बेलैमाथि घर आउँछन् बाहिर पनि जाँदैनन्
मेरा त बुढाले रक्सी खाँदैनन्....’
ल बित्यास पार्याे । हैन म सधैँ बाहिर जान्छु, बेलामा घर पुग्न पनि भ्याउँदिन । यसले कसलाई चाहिँ भनेकी होला त ‘बेलैमाथि घर आउँछन् बाहिर पनि जाँदैनन्’ भनेर । त्यसमाथि ‘मेरा त बुढाले रक्सी खाँदैनन्’ भनेर पनि कम्मर मर्काएर मस्केकी छ । अरूको बुढा भन्या होला त ? हैन मेरा बुढा नै भनेकी छ । कि अर्को बुढोको कुरा गर्या हो ? मेरोजस्तै उसको पनि अरू कोही त छैन ? हैन, हैन... बुढो मान्छेलाई पनि त बुढा भन्न मिल्छ नि । मेरा ससुरा बुढा, छिमेकी बुढा, पल्लोघरका बुढा, लौरो टेकेर हिँड्ने अरू बुढाले रक्सी खाँदैनन् भनेकी होला । यो त ठिकै छ नि ।
ओ साथी तिम्री बुढीले चाहिँ कसलाई भनेकी रहिछ, टिकटकमा ?
खै मेरी बुढीले पनि त्यही भनेर कम्मर मर्काएकी छ, ‘मेरा त बुढाले रक्सी खाँदैनन् ।’
रक्सी नखाने अरू कोही बुढालाई भनेकी होलिन् नि ?
हैन मेरै कुरा गरेकी जस्ती छ ।
अनि तिमीले रक्सी खाँदैनौ र साथी ?
कहाँ रक्सी खान्छु र, कहिलेकाहीँ पिउँछु मात्र क्या ।
भनेपछि घरमा चाहिँ नपिउने होला ?
अँ घरमा चाहिँ पिउँदिनँ । कहिले भान्सामा, कहिले बार्दलीमा, कहिले बेडमा, कहिले यी यतै भट्टीमा ।
अनि तिमीले रक्सी पिउने कुरा बुढीलाई थाहा छैन र ?
किन थाहा नहुनु ? थाहा भयो भन्दैमा ‘मेरा त बुढाले रक्सी खान्छन्’ भन्दै नाच्नु त ! अनि तिमीले रक्सी पिउने कुरा तिम्री बुढीलाई चाहिँ थाहा छ कि छैन नि ?
थाहा भएको भए त मारिहाल्थी नि । बुढीको डरले पानी त धेरै पिउन सक्दिन, रक्सीको कुरा गर्छाै ! बुढीले अहिलेसम्म थाहा पाएकी छैन र त अहिलेसम्म जिउँदै छु साथी ।
हाहाहा......साथीले हँसाएर मार्ने भयो ।
हैन ए साथीहरू रक्सी खाएको बेलामा पनि बुढीका कुरा कति कुरा गर्नु । त्यो मोबाइल पनि बन्द गर क्या । देश नै ठिकठाक नभएको बेलामा के को टिकटक ? देशका कुरा गर न देशका । यो देश कहिल्यै बन्ने भएन बुझ्यौ ?
अब बन्छ, म बनाउँछु देश......खै अर्को पेग थप त !
...............
जाँडअड्डामा देश बनाउन व्यस्त भएपछि बुढाहरूलाई घर पुग्न झन् ढिलो भयो ।
घरमा बसेर बुढाहरूको बाटो हेर्दाहेर्दै थाकेका बुढीहरूले फेरि अर्को पोजमा टिकटक बनाउन थाले, ...‘मेरा त बुढाले रक्सी खाँदैनन् ।’...
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।
indira dahal
Aug. 1, 2023, 9:58 a.m.रक्सी खान मनोबिग्यानले समेत सहि भनेको छ तर त्यसरी झाडा बान्ता हुने गरि होइन नि | हामी त रक्सी खान्छ्म तर थोरै खान्छ्म भन्नू पर्थ्यो
Dipendra Malla
Aug. 1, 2023, 7:28 a.m.शीर्षक एउटा छ तल एउटा छ क हो? यो समाचार,कथा,जिबनी, उपन्यास तेत्तिकै हावा लेखेको छ
अमर आचार्य
July 31, 2023, 10:07 p.m.हामी ,हाम्रो समाज, गाउँ ,टोल अनि बस्तिहरु लाई थाहा छैन कि हामी सतही कुरा को पछि दौडन्छौ अरुले त्यही कुराको फाइदा उठाउछन यति उडाइएको छ कि गित लाई लाज मनु बनाए 🤔🤔🤔
Himal Thapa kshetri
July 31, 2023, 8:44 p.m.नेकपा एकीकृत समाजबादीकि आदरणीय नेतृ @jamuna sanam ले १० बर्ष पहिले गायको गीतले अहिले न्याय पाएको छ । आदरणीय कमरेडप्रती लाल सलाम ।
dipaka🇨🇭🇳🇵🖤💔vir pakham
July 31, 2023, 5:31 p.m.Shre matre, kasare gar vatruna, Yao saba pane thapunos, shrli namakar🇳🇵🇨🇭🇳🇵🖤💔