उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
दाङ – दाङको बंगलाचुलीमा बनबाट ल्याएको च्याउको तरकारी खाँदा आमाछाेरा बिरामी परेका छन् । बिरामी पर्नेमा बंगलाचुली गाउँपालिका वडा नम्बर-१ स्यूजाकी ३८ वर्षीया यमाकुमारी कवर वली र उहाँका १२ वर्षीय छोरा यकिन वली रहेको बंगलाचुली गाउँपालिका वडा नम्बर १ का अध्यक्ष विष्णु कुवरले बताउनुभयाे ।
बिरामीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र स्यूजा अस्पताल ल्याइए पनि थप जोखिम हुने भन्दै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र स्यूजा अस्पतालले जनाएको छ । दुई जनाले शुक्रबार बिहानको खानामा च्याउ खाएको र खानापछि पेट दुख्ने समस्या देखिएपछि स्वास्थ्य संस्था ल्याइएको आफन्तले जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।