उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - सरकारले गेटा मेडिकल कलेजलाई विश्व विद्यालयकारुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएकाे छ ।
आज सोमवार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अर्थमन्त्री प्रकाशशरण महतसँग भेटघाट गरी कैलालीको गेटामा शहीद दशरथ चन्द मेडिकल विश्व विद्यालय सञ्चालन गर्न माग गरेकाे हाे । छलफलका क्रममा गेटामा मेडिकल विश्व विद्यालय सञ्चालन गर्ने सहमति भएको नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले बताउनु भएकाे छ ।
उहाँले भन्नुभयो, 'विश्वविद्यालय सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री, अर्थमन्त्रीसँग हाम्रो छलफल भएको छ, ऐन ल्याउँदा विश्वविद्यालय बनाउने गरी ल्याउने तयारीसहितको सहमति भएको छ, गेटामा विश्वविद्यालय सञ्चालन हुन्छ ।' यसैगरी अर्थमन्त्री महतले पनि ऐन ल्याएर संसदमा गेटामा मेडिकल विश्व विद्यालय विश्वविद्यालय सञ्चालनका लागि सम्बोधन गर्नु हुने बताइएको छ ।
सांसद आलेले धनगढी–खुटिया–दीपायल–बझाङको उरैभञ्ज्याङ हुँदै चीनको ताक्लाकोट जोड्ने सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरी चीनसँगको नाका खोल्न आग्रह गर्नु भएको थियाे । प्रधानमन्त्री ‘प्रचण्ड’ले सकारात्मक प्रतिक्रिया दिनु भएको सांसद आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ ले विश्व विद्यालयका रुपमा गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनमा ल्याउने र ताक्लाकोट जोड्ने सडकका लागि पर्याप्त बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ । सङ्घीय मन्त्रिपरिषद्ले गएको माघ महिनामै गेटामा विश्व विद्यालय सञ्चालन गर्न निर्णय गरेको थियो ।
नीति तथा कार्यक्रममा पनि गेटामा स्वास्थ्य विश्व विद्यालय सञ्चालन गरिने छ भनिएको छ । तर, यही जेठ १५ गतेको सङ्घीय सरकारको आउँदाे आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गेटामा प्रतिष्ठान स्थापना गर्दै एक सय शैयाको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिममा विराेध सुरु भएको छ । आइतवार सुदूरपश्चिममा आमहडताल गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।