नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - कवि राजेश ढुंगानाको कवितासंग्रह ‘सुकिला मान्छेको सामूहिक मृत्यु’माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा प्रा.डा. सावित्री मल्ल कक्षपतिले २०७० सालमा प्रकाशित कृतिको परिचर्चा अहिले किन ? भन्ने प्रश्न उत्पन्न भए पनि दोस्रो संस्करणको रुपमा यो कृति आएको र समय सान्दर्भिक भएकाले चर्चा गर्नु उपयुक्त हुने उहाँको टिप्पणी थियो ।
समालोचक प्रमोद प्रधानले कवि ढुंगानालाई ३६ साल, ४६ साल र त्यसपछिको राजनीतिक परिवर्तनले कवि बनाएको उल्लेख गर्नुभयो।
ढुंगानाका धेरैजसाे कविता राजनीतिक विचारलाई कलात्मक आवरणमा प्रस्तुत भएका छन्,’ उहाँले भन्नुभयो ।
प्रा.डा. कुमार कोइरालाले कविता बाहिरबाट भित्र हेरेर र भित्रबाट बाहिर हेरेर लेखिने बताउँदै ढुंगानाका कविता दुवै खाले रहेको उल्लेख गर्नुभयो ।
राजनीतिक विषयका धेरैजसो कविताले विभिन्न घटनाक्रमको व्याख्या गरेको पनि उहाँले बताउनुभयो । नेपालीको वीरताको कथा, आशा र उन्नतिको कुरा पनि कवितामा समेटिएको उहाँले टिप्पणी गर्नुभयो ।
नाटककार अशेष मल्लले नेपाली साहित्यले राजेश ढुंगानालाई बिर्सिएको उल्लेख गर्नुभयो । बीस वर्ष काठमाडौँ छाड्दा उहाँ नेपाली साहित्यबाट टाढा पुगेको बताउनुभयो ।
राजेशमा कवि व्यक्तित्व र राजनीतिक व्यक्तित्व रहेको उल्लेख गर्दै २०४६ सालको जनआन्दोलनमा साहित्यकारको रुपमा सक्रिय भूमिका निर्वाह गरेको उहाँले स्मरण गराउनुभयो ।
कार्यक्रममा कवि राजेश ढुंगानाले पाँचवटा कविता वाचन गरेर सुनाउनुभएको थियो । कवि पत्नी मीरा ढुंगानाले कृतिकै रुपमा प्रकाशित नभए पनि धेरै कविता लेखिएको र चाँडै नयाँ कृति आउने पनि जानकारी दिनुभयो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले यति सशक्त कवि यति लामो समयसम्म हराउँदा उहाँलाई मात्र नभएर नेपाली साहित्यलाई नै घाटा भएको टिप्पणी गर्नुभयो ।
परिचर्चा कार्यक्रम समाजका महासचिव देविका तिम्सिनाले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमका सहभागीहरुलाई रञ्जना निरौलाले स्वागत गर्नुभएको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।