नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
संघीयता कार्यान्वयनपछि पालिकामा दोस्रोपटक चुनाव भएको एक वर्ष पूरा भएको छ । अघिल्लो वर्ष २०७९ वैशाख ३० मा दोस्रो पालिका चुनाव भएको थियो । त्यो चुनावबाट चुनिएका जनप्रतिनिधिले पद सम्हालेको एक वर्ष भएको छ।
पालिकाको पहिलो पाँचवर्षे कार्यकालमा नियम कानुन र भवन तथा पूर्वाधार बनाउनमै जनप्रतिनिधिको धेरै समय बित्यो । कोरोनाका कारण पनि भनेजस्तो काम हुन सकेन । तर यसपटक पहिलेको भन्दा अवस्था सहज छ ।
दोस्रो कार्यकालको पहिलो एक वर्षमा पालिकाहरुले कस्ता काम गर्न सके त ? प्रस्तुत छ, गाउँपालिकादेखि महानगरपालिकासम्मका केही जनप्रतिनिधिको अनुभव :
हामीले कृषिमा बेमौसमी तरकारी उत्पादन र वृद्धिलाई जोड दिएका छौँ । विराटनगर अहिले औद्योगिक सहरभन्दा पनि ‘होस्ट सिटी’ र ‘गेटवे’को रुपमा रहेको छ । विराटनगरमा रहेका उद्याेगहरु अहिले बाहिर मोरङमा रहेकाे र मोरङ औद्योगिक करिडोरमा बस्ने धेरै कर्मचारी कार्यक्रम गर्न विराटनगर आउँछन् । त्यसकारण अब तरकारी फलफूलको राम्रै माग हुने हुँदा कृषिसँग जोडेर साना कौसीखेतीदेखि करेसाबारीमा लगाउने बिउ, मललगायतका सामग्री हामीले दिने गरेका छौँ । यसको कारण महानगरवासीले पनि स्वस्थ र स्वच्छ खान पाउन अनि किसानले पनि राम्रो मूल्य पाउन भनेर हामीले यसो गरेका हौँ ।
व्यवसायिक पशुपालनमा पनि हामीले किसानलाई बोयर बोका वितरणदेखि पशु उपचार केन्द्र पनि स्थापना गरेका छौँ ।
विराटनगरमा नेपाल सरकारले टर्मिनल भवन बनाउने भनेर काम अगाडि बढिरहेको छ । पाथिभरा, बराह क्षेत्र, हलेसी, कञ्जनजङघादेखि सगरमाथा गरी आठ वटा हिमाल छन् हामीकहाँ । बंगलादेश भुटान, चीन, भारत पनि हाम्रोबाट नजिक छ । अनि यी देशबाट र बाह्य देशबाट यहाँ पर्यटक आउँदा काठमाण्डौ गएर विराटनगर आउनुपर्ने परिस्थिति छ । पर्यटकलाई सोझै यहाँ ल्याउने हो भने हामीकहाँ पर्यटकको संख्या स्वतः बढ्छ । यसका लागि काम भइरहेको पनि छ ।
विराट राजाको दरबार अहिले सेनाले संरक्षण गरिरहेको छ जहाँ हामीले एउटा संग्रहालय बनाएर हस्तान्तरण गरिसकेका छौँ । हामीले पनि यसलाई महाभारत पर्यटन क्षेत्रमा जोड्ने योजना बनाएका छौँ । १६ करोड जनसङ्ख्या भएको बिहार हामीसँग जोडिएको छ । हामी धार्मिक पर्यटनका माध्यमबाट जोड्ने योजना छौँ । यसमा केही प्रगति पनि भएको छ ।
नेपाल उद्योग वाणिज्य संघ, मोरङ उद्योग वाणिज्य संघसँग मिलेर वैदेशिक रोजगारीबाट फर्केका युवाको ज्ञान, सीप, पूँजीलाई उद्यमशीलतामा परिवर्तन गर्ने कामको सुरुवात गरेका छौँ ।
हामीले प्राविधिक शिक्षालाई जोड दिएका छौँ त्यसकारण कक्षा १२ बाट निस्कने विद्यार्थीले पढाइको मात्र नभएर सीप तथा प्रविधिको पनि एउटा डिग्री लिएर निस्कियोस् भनेर प्राविधिक शिक्षाको पनि सुरुवात गरेका छौँ ।
मेट्रो सिटी अस्पताल बनाउने कुरामा विराटनगर जुटमिलमा रहेको एक हजार शय्या अटाउन सक्ने हल जुन कोरोनाकालमा सेनाले होल्डिङ सेन्टर बनाउन प्रयोग गरेको थियो, त्यसलाई हस्तान्तरणको लागि सबै पक्ष बसेर सकारात्मक छलफल भएको छ । तर, त्यसभन्दा कुरा अगाडि बढेको छैन ।
प्राथमिक स्वास्थ्य केन्द्र रानीलाई १५ शय्याको अस्पताल बनाउने कुरामा तयारी भइसकेको छ । १९ नम्बर वडामा रहेको स्वास्थ्य केन्द्रलाई ५ शय्याको अस्पताल अनि ९, १५ र १९ राखेर कोशी अञ्चल अस्पतालले दिने सबै किसिमको ल्याब परीक्षण त्यही शुल्कमा दिने गरी कार्यक्रम अघि बढिसकेको छ । आयुर्वेदको कुरामा भने त्यति काम भएको छैन ।
पहिले २/३ वटा सामुदायिक विद्यालयले मात्र राम्रो गरेकोमा यो एक वर्षमा अरु २/३ वटाले पनि राम्रो गर्दै लगेको छ । १२ कक्षासम्म सामुदायिक विद्यालयमा हामीले निःशुल्क पठनपाठनको व्यवस्था गरेका छौँ ।
प्राविधिक शिक्षालयलाई अगाडि बढाउने भनेकोमा अहिले ठूलो भवन बन्दैछ । अब धेरै सुविधा, विद्यार्थीसहित हामी सेवा दिन्छौँ ।
शहीद रंगशालाको स्तरोन्नतीको सम्बन्धमा फ्ल्ड्स लाइट जडान भइसकेको छ । प्याराफिट निर्माणका लागि भने संघीय सरकारसँग कुरा भइरहेको छ ।
बाल उद्यानको काम भने संघको बजेटमा हुने भएकोले अहिले टेण्डर प्रक्रियामा गएको छ ।
विराटनगर सबैभन्दा कम पैसा तिरेर फोहर उठाउने सहर हो जहाँ एक रुपैयाँ, तीन रुपैयाँ र पन्ध्र रुपैयाँमा फोहर उठाउने गरिन्छ । अर्को वर्षसम्ममा आफ्नै ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन हुन्छ ।
प्रधानमन्त्री पार्क भने नेपाल सरकारको योजना हो । नेपाल सरकारले अनुदानमा कटौती गरेका कारण यसमा समस्या आएको छ ।
स्मार्ट पार्किङका सन्दर्भमा अहिले बिजुलीको समस्या भएका कारण यो अगाडि बढ्न सकेको छैन । त्यसकारण महानगरले दुई/तीन तलाको पार्किङको अवधारणा ल्याएको छ । सडक बत्तीको भने राम्रो व्यवस्था छ अहिले विराटनगरमा ।
विराटनगर अहिले सफा छ । बाटोको पार्किङ हटाएर सम्बन्धित ठाउँमा गराएका छौँ । पान, खैनी, सूर्ती सार्वजनिक स्थलमा निषेध गरिएको छ । नेपाल प्रहरीसँग समन्वय गरेर ठाउँ ठाउँमा सीसीटीभी पनि जडान गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले फोहरलाई स्रोतमा वर्गीकरण गर्ने नीति ल्याएको थियो । तर, अहिले आफ्नो ल्याण्डफिलसाइट नभएको हुँदा त्यो कार्यक्रम लागू हुन सकेको छैन । ल्याण्डफिलसाइट खोजीको काम अन्तिम तिर आइपुगेको छ । कम्पोष्ट मल बनाउने काम पनि भएको छैन ।
एक वडा एक पोखरी कार्यक्रममा ५/७ वटा पोखरीको जिर्णोद्धार तथा संरक्षण भएको छ ।
शिक्षा तथा खेलकुद अन्तर्गत विषय शिक्षकको व्यवस्था गर्ने, अनुमति नलिइ सञ्चालन भएका स्कूलहरुलाई कारबाही गर्ने काम भएको छ । एक वडा एक विद्यालय पहिले नै थियो अहिले ती विद्यालयको गुणस्तर सुधारमा नगरपालिका लागेको छ । एक विद्यालय एक खेल मैदानको सन्दर्भमा भने यहाँ गुठीको जग्गा धेरै छ । गुठीको जग्गा नगरपालिकाले विद्यालयलाई दिन सकिँदैन त्यसैले गुठी संस्थानसँग यस बारेमा कुराकानी भइरहेको छ ।
एक वडा एक स्वास्थ्य चौकी कार्यक्रम अन्तर्गत अहिले ४/५ वटा तयार भएका छन् । अरु क्रमशः तयार हुँदै जानेछ । ल्याब राख्ने काम पनि भइरहेको छ । कुर्थामा आयुर्वेदिक अस्पताल सञ्चालनमा छ।
कृषि तथा सिँचाइको लागि कुलो तथा नहरहरु बनाउने काम गरेका छौँ । कञ्चन वनदेखि कुर्थासम्म सात किलोमिटर लामो कुलो खनिएको छ । एक वडा एक पशु फर्मको काम वडा नम्बर ५, १२, १६, १७ र १८ मा भएको छ ।
‘बिना सीप कोना जीब’ अन्तर्गत विभिन्न सीपमूलक काम चलिरहेको छ । ब्युटीपार्लर तथा सिलाइबुनाइको तालिम सञ्चालन भइरहेको छ ।
नेपाल सरकारले दिने विभिन्न किसिमका खोप तथा अन्य औषधिहरु प्रत्येक वडामा पुगेर वितरण गर्ने गरिएको छ ।
सहरी सौन्दर्यअन्तर्गत फुटपाथ राम्रो बनाउने, विरुवाहरु रोप्ने र सरसफाइमा विशेष जोड दिएका कारण अहिले सहर राम्रो देखिएको छ । सफा भएका कारण लामखुट्टे पनि अहिले कम भएको छ ।
४० माइक्रोनभन्दा कमको प्लाष्टिकका झोलाहरु प्रतिबन्ध गर्ने भनिए पनि अहिले प्रतिबन्ध लगाउने काम भएको छैन ।
विपद् व्यवस्थापन कोष खडा गरेर आगलागी बाढी आदि विपद्मा परेकालाई सघाउने काम भएको छ ।
हामी निर्वाचित भएर आएपछि अरु धेरै निर्वाचन भयो । त्यसैले त्यतातिर पनि धेरै लाग्नुपर्यो यसकारण पनि हामीले सोच जस्तो काम हुन सकेन । तर, यति हुँदाहुँदै पनि कुनै योजना ९० प्रतिशत, कुनै ७५ प्रतिशत कुनै ८० प्रतिशतसम्म सफल भएका छन् । योजनाहरु शतप्रतिशत नसकिएका कारण अहिले हेर्दा काम नभएको हो कि जस्तो पनि लाग्छ तर, समग्रमा ७५ प्रतिशत काम भएको छ ।
हामीले स्वास्थ्य सेवालाई थप सुदृढ बनाउने कार्यक्रम अन्तर्गत पालिकाका धेरै स्वास्थ्य संस्थालाई विभिन्न उपकरण प्रदान गर्ने भनेका थियौँ । तर, यस पटक हामीले वडा नम्बर १० को स्वास्थ्य संस्थामा विभिन्न १६ प्रकारका रोगहरुको जाँच गर्नका लागि उपकरण दिएका छौँ । यसले त्यहाँका नागरिकले सदरमुकामसम्म आउनुपर्ने अवस्था हटेको छ । धेरै स्वास्थ्य चौकीहरु बनिसकेका छन् । त्यसमा तीन, चार वटा बन्न बाँकी पनि छ । वडा नम्बर १ मा सहरी स्वास्थ्य केन्द्रको भवन बनिसकेको छ । अब केन्द्रबाट चाँडै नै सेवा सञ्चालन हुन्छ ।
पालिकाभित्रका वडामा विभिन्न निःशुल्क घुम्ती शिविर सञ्चालन भएको छ । आँखा शिविरबाट ७५/८० जना ज्येष्ठ नागरिहरु लाभान्वित हुनुभएको छ भने ४/५ सय मान्छेलाई निःशुल्क चश्मा वितरण गर्ने काम पनि भयो । मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले लगायत अन्य डाक्टरहरुबाट मृगौला जाँचको काम भयो । यस्ता शिविर गर्ने कुरा हामीले नीति तथा कार्यक्रममै राखेका थियौँ । तर, बेसहारा व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य बीमाको कुरा गरे पनि अहिले त्यसको काम भएको छैन ।
हामीले नीति तथा कार्यक्रममा सामुदायिक विद्यालय सुधार तथा रुपान्तरणको कार्यक्रम राखेका थियौँ जसमा प्रदेशसँग समन्वय गरेर तीन/चार वटा तालिमहरु भए । अबको शैक्षिकसत्रदेखि भने हामी ठोस सुधारका योजनासहित नै आउँछौँ । अहिले कर्मचारी तथा शिक्षकका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनु पर्ने बारेमा छलफल भइरहेको छ तर, निर्णय नै भने भइसकेको छैन ।
रोजगारी वृद्धिको कुरा गरे पनि अहिले हामीले त्यसलाई कार्यान्वयन गर्न सक्ने अवस्था छैन । हाम्रो आन्तरिक आय पनि एकदमै कम छ । नयाँ कलकारखाना तथा उद्योगहरु खुलेका छैनन् । उद्योग वाणिज्य संघसँग यो विषयमा छलफल भने धेरै पटक भएको छ । अब भने हामी सहकार्यमा केही गर्न सकिन्छ कि भनेर हेरिरहेका छौँ । तर, अहिलेलाई त्यस्तो ठोस योजना भने छैन ।
स्थानीय उत्पादनको वृद्धि हाम्रो कार्यक्रममा तथा प्राथमिकतामा परेको कार्यक्रम हो । दिक्तेल बजारमा मात्रै यहाँबाट तीन करोड हाराहारीको प्याज जाँदो रहेछ । त्यसै गरी अन्य तरकारी तथा खाद्यान्नलाई पनि हामीले सदरमुकामसम्म कसरी पुर्याउने र उत्पादन वृद्धि गर्ने भन्ने विषयमा सहरकारी तथा कृषि उपभोक्ता समिति नै बनाएर छलफल गरिरहेका छौँ ।
स्थानीय गौरवका आयोजना भनेर खानीडाँडाबाट रेग्मीटार जोड्ने बाटो छ । यो बाटोबाट सदरमुकामदेखि कटारी जान डेढ/दुई घण्टा छिटो हुन्छ । यसमा काम भइरहेको छ । अब असोजपछि यहाँबाट जीप सञ्चालन हुन्छ ।
विपद् व्यवस्थापनमा भने खासै त्यस्तो काम भएको छैन । यसो कहिलेकाहीँ अप्ठेरो परेकालाई सहयोग गर्ने बाहेक ठोस काम भएको छैन ।
महिला, आदिवासी जनजाती तथा विपन्नहरुलाई लोकसेवाको तयारी कक्षा सञ्चालन गर्ने काम पनि भयो ।
भैंसी स्रोत केन्द्र स्थापना भएको छ । यसमा इच्छुक संस्था, नगरपालिका र किसान सबैलाई लाभ हुने किसिमले कुनै संस्था आएको खण्डमा हामी सहकार्यका लागि तयार छौँ । हामीले त्यसको मोडल पनि बनाइसकेका छौँ ।
शीत भण्डार निर्माण भए पनि त्यसको सञ्चालन खर्च धेरै भएको र किसानले पनि खर्चका कारण लाभ लिन नसक्ने देखिएकोले अहिले सञ्चालनमा आएको छैन । यो अनुभवले हामी सानो खालको शीत भण्डार निर्माण गर्ने निष्कर्षमा पुगेका छौँ ।
बाँदर नियन्त्रणका लागि कुनै त्यस्तो उपाय तथा कार्यक्रम अहिले ल्याइएको छैन । मार्न नपाइने तथा जति लखेटे पनि आउने भएपछि अहिले राष्ट्रिय समस्या बनेको बाँदरका बारेमा केन्द्रले के गर्छ भनेर हामीले हेरिरहेका छौँ ।
बाँस, लोक्ता आदि स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न हामीले यहाँको उत्पादन खरिद भन्ने नीति बनाएका छौँ र धेरै खरिद गर्ने भन्ने काम भएको छ ।
पर्यटन प्रवर्द्धन अन्तर्गत मुन्दुम ट्रेलको काम संघीय सरकारले आर्थिक सहयोग नगरी नहुने भएकोले यसमा अहिले खासै केही भएको छैन ।
गाउँपालिका अन्तर्गत विभिन्न वडामा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन भएको छ ।
निःशुल्क कृषि तथा पशु बिमा अन्तर्गत बैंकले ८० प्रतिशत, नगरपालिकाले १० प्रतिशत तथा किसानले १० प्रतिशत तिर्ने गरी कार्यक्रम लागू भएको छ । तर, बाँदरले नष्ट गरेको बालीको सन्दर्भमा बैंकले नमानेको हुँदा त्यो काम भने रोकिएको छ ।
खार्पुनाथ गाउँपालिकाले यो आर्थिक वर्षमा गाउँपालिका भवन, वडा कार्यालय तथा १७ वटा विद्यालय भवन बनाएको छ । सुन्दर र समृद्ध पर्यटकीय गन्तव्य विकास गर्ने कार्यक्रम अन्तर्गत विकास गर्ने, भिमदुला, दूधेदहको बाटो बनाउने तथा संरचना बनाउने काम भइरहेको छ ।
शिक्षा अन्तर्गत एकल महिलाका बालबालिका तथा दलित बालबालिका साथै अति विपन्न छात्रछात्रालाई प्राविधिक तथा उच्च शिक्षाको लागि छात्रवृत्ति कोष स्थापना गर्ने भन्नेमा अहिले पाँच लाख रुपैयाँको कोष निर्माण गरिएको छ ।
स्वास्थ्य अन्तर्गत सामुदायिक अस्पतालका लागि आवश्यक पूर्वाधार निर्माणको कुरा समेटिएकोमा यसका लागि गाउँपालिकाको बजेटले मात्रै सम्भव नहुने हुँदा सरकारबाटै व्यवस्था हुनुपर्नेमा हामीले पहल गरिरहेका छौँ । अहिले पालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा ८०/९० प्रकारका औषधि निःशुल्क पाइन्छ।
गाउँपालिकामा सूचना तथा सञ्चारका लागि ४ जी टेलिकमको टावर निर्माण गर्ने योजना भए पनि यसका लागि पालिका एक्लैले यो सम्भव नएकोले हामीले केन्द्र सरकारलाई पहल गरिरहेका छौँ । इन्टरनेटका लागि पनि हामीले पहल गरिरहेका छौँ ।
जडीबुटी प्रशोधन, पशुपालन, कृषिका पनि विभिन्न किसिमका तालिम हामीले दिएका छौँ । कोदो, मार्सी चामल, सिमी आदि रैथाने बाली संरक्षण र प्रवर्द्धनका लागि जीआईजेडसँग साझेदारीमा काम भइरहेको छ ।
कृषि अन्तर्गत स्याउ, ओखर, नासपाति, कागुनो, कोदो, चिनो, चिनो, फापर, सिमी, भटमासलगायतका रैथानेबाली तथा नगदेबाली उत्पादन वृद्धिका विभिन्न संस्थासँगको साझेदारीमा कार्यक्रम ल्याइएको छ । तरकारीका लागि बीउ वितरण गर्ने, कृषकहरुको समूह बनाउने, टनेल वितरण गर्ने, तालिम गराउने काम पनि भइरहेको छ ।
खानेपानीको हकमा एक घर एक धारा नभए पनि सबै टोलहरुमा खानेपानी पुगिसकेको अवस्था छ । गुम्बा, मठ मन्दिरको संरक्षणको काम पनि भइरहेको छ।
गाउँपालिका अन्तर्गत वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत अहिले करिब ७५ प्रतिशत कामहरु सम्पन्न भइसकेका छन् । कतिपय कुराहरु पालिका आफैँले गर्न नसक्ने भएका कारण त्यसका लागि केन्द्र सरकारलाई भन्ने, घच्घच्याउने काम भइरहेको छ ।
विपद् व्यवस्थापनका लागि भने विशेष केही काम भएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।