नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
दैलेख – आठबीस नगरपालिका–६ माल्यको वनमा भएको आगलागीमा घाइते भएका ११ मध्ये चार जनालाई थप उपचारका लागि काठमाण्डाै लगिएकाे छ । गृह र रक्षा मन्त्रालयसँग समन्वय गरेर गम्भीर घाइते चार जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डाैकाे कीर्तिपुर अस्पताल लगेर उपचार थालिएकाे छ ।
घाइतेहरू आठबीस–६ सिगासैनका ३५ वर्षीय भीमबहादुर विक, ३४ वर्षीय प्रकाश विक, ३० वर्षीया बसन्धुरा विक र ३२ वर्षीया जुना विकलाई काठमाण्डौ पुर्याइएकाे आठबीसका मेयर तर्कबहादुर बडुवालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आठबीस–६ सिंगासैनको अइढुंगादेखि तुसारपानी गोरेटो बाटो खन्ने काममा कामदारहरूले काम गरिरहेको बेला वनकाे तलतिरबाट एक्कासी आगोको लप्काले भेट्दा उनीहरू घाइते भएका थिए । यसअघि घाइतेहरूको प्राथमिक उपचार राकमकाे स्वास्थ्य चाैकीमा भएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।