नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय ट्याक्सी एक्सप्रेस-टी बजारमा भित्र्याएको छ ।
कम्पनीले टाटाको अर्को मोडल टिगोर ईभीको रि–ब्रान्डेड मोडल एक्सप्रेस–टी नेपाली बजारमा ल्याएकाे हाे । यसको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएकाे छ ।
यसमा रहेकाे ५५ किलोवाट क्षमताको मोटरले ३० किलोवाट पावर र १७० एनएम टर्क जेनेरेट गर्छ। यसमा २६ किलोवाट आवरको ब्याट्री प्याक छ, जसले सिङ्गल चार्जमा ३०६ किलोमिटर रेन्ज दिने बताइन्छ ।
यसमा भएको ब्याट्रीलाई फुल चार्ज गर्न सामान्यतः ८ घण्टा ४५ मिनेट लाग्छ भने २५ किलोवाटको डीसी चार्जरले ६५ मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिने कम्पनीले जनाएकाे छ । यसमा २४५० एमएमको ह्वीलवेस र १७२ एमएमको ग्राउन्ड क्लियरेन्स छ।
यो गाडीमा अन्य विभिन्न विशेषताका साथै ईबीडी सहितको एयरब्याग, रिभर्स पार्क असिस्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, हर्मनको ८ दशमलव ८९ सेमी कनेक्ट नेक्स्ट इन्फोटेनमेन्ट सिस्टम, इलेक्ट्रोनिक पावर स्टेयरिङ, पावर विन्डोज, ब्लुटुथ कनेक्टिभिटी आदि विशेषता उपलब्ध छन् । कार र त्यसमा भएको ब्याट्री तथा मोटरमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटर सम्म वारेन्टी उपलब्ध हुने सिप्रदीले जनाएकाे छ ।
ट्याक्सी ड्राइभर र कम्पनीकै इन्जिनियरहरुले एक्सप्रेस-टी काे परीक्षण गरिरहेको र आउँदाे दिनमा यसलाई कमर्सियल तथा ईभी फ्लिटको रुपमा प्रयोग गर्न सकिने सिप्रदीले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Hom Raj Shrestha
Feb. 20, 2023, 11:48 a.m.I am interested.