उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
बझाङ – बागथलाबाट विजगडाका लागि छुटेको से १ ज ७२६ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
बुंगल नगरपालिकाको वडा नम्बर ५ मिणिबगरमा जीप दुर्घटना हुँदा कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका ५ बस्ने ६५ वर्षीय विष्नादेवी बोहरा र कैलाली जिल्ला घोडाघोडी नगरपालिका ५ का ५६ वर्षीया धनबहादुर बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै जीप दुर्घटनामा परि १२ जना घाइते भएका छन् । घाइते हुनेमा कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका बस्ने ३० वर्षीया मुडु बोहरा, ३५ वर्षीय प्रेम बोहरा, १० वर्षीया कविता बोहरा, १२ वर्षीया माया बोहरा, ४३ बर्षीया लालमती बोहरा, चन्द्रसिंह बोहरा र विरेन्द्र बोहरा रहेका छन् । यसैगरी बुंगल नगरपालिका ६ का नरेन्द्र कुँवर, कृष्ण कुँवर, बुंगल नगरपालिका ८ का धिरेन्द्र बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जीप दुर्घटनामा परि चालक केदार स्युँ गाउँपालिका ४२ वर्षीय रणबहादुर खाती र सहचालक सुनील खाती पनि घाइते भएका छन् । घाइतेहरुको उपचार नजिकैको देउरा स्वास्थ्य चौकीमा भैरहेको छ । बुंगलनगरपालिकामा पूजाआजा गर्नका लागि उनीहरु मन्दिरतर्फ जाने क्रममा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।