डा.खगराज बरालको पुस्तक 'विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन' बजारमा

 पुष १६, २०७९ शनिबार १२:३३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - डा. खगराज बरालको नयाँ कृति 'विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन' बजारमा आएको छ ।

भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यो पुस्तक विशेष गरी नेपालको विद्यालय शिक्षा र शिक्षक व्यवस्थापनमा केन्द्रित छ । शिक्षक व्यवस्थापनमा पनि गुरुकुल शिक्षा र आधुनिक विद्यालय शिक्षाका विभिन्न पक्षको अध्ययन विश्लेषणमा यो पुस्तक केन्द्रित रहेकाे बरालले बताउनु भएकाे छ । 

लामो समय शिक्षा प्रशासन र व्यवस्थापनमा काम गर्नुभएका बरालका विभिन्न अनुभूति समेटिएका  पुस्तकहरू बजारमा आइसकेका छन् । शिक्षा व्यवस्थापनसम्बन्धी झण्डै एक दर्जन पुस्तक पनि प्रकाशन भइसकेका छन् । तर, यो पुस्तक विगतका अनुभूतिजन्य र शिक्षा व्यवस्थापनसम्बन्धी प्रकाशित पुस्तकभन्दा भिन्न छ । यो पुस्तक सैद्धान्तिक र अनुसन्धानमूलक रहेको उहाँले बताउनुभयाे । 

नौ परिच्छेदमा लेखिएको यो पुस्तकमा शिक्षक व्यवस्थापन, विद्यालय शिक्षाको इतिहास, गुरुकुल शिक्षा पद्धतिको इतिहास, आधुनिक विद्यालय शिक्षा पद्धतिको इतिहास, शिक्षक व्यवस्थापनका सिद्धान्त, शिक्षक व्यवस्थापनका नीतिगत व्यवस्था, शिक्षक व्यवस्थापन साहित्यको पुनरावलोकन, शिक्षक व्यवस्थापनको विश्लेषण, प्राप्ति, निष्कर्ष र सुझाव जस्ता शीर्षकमा राखिएको छ ।

पुस्तककाे अन्त्यमा पाँचओटा अनुसूचीहरू रहेका छन् । कुल २२७ पृष्ठमा लेखिएको यो पुस्तकको मूल्य ३ सय ९०  रुपैयाँ राखिएको छ । भुँडीपुराण प्रकाशनले देशका मुख्य मुख्य सहरमा यो पुस्तक उपलब्ध हुने जनाएको छ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया