एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
डोटी – सुदूरपश्चिम प्रदेशमा भुवा पर्वको रौनक छाएको छ । भुवा पर्वकै अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले आज शुक्रवार सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष पुस महिनामा यहाँ भुवा पर्व मनाइने गरिन्छ । भुवा खेला सुदूरपश्चिममा सात दिनभन्दा बढी समयसम्म खेल्ने गरिन्छ । युद्धकालीन अभ्यास संस्कृतिका रूपमा तामझामका साथ यो पर्व मनाइने गरिन्छ ।
हातमा नाङ्गो तरबार र ढाल लिएर सामूहिकरूपमा स्थानीय बाजागाजाको तालमा भुवा खेल्ने गरिन्छ । भुवा विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बाजुरा, बझाङ र डोटीमा खेल्ने गरिन्छ । केही वर्षयता पहाडबाट तराई आएकाहरूले पनि तराईमा भुवा पर्व मनाउन थालेका छन् ।
भुवा खेलको पहिरन पनि विशेष प्रकारको हुन्छ । भुवा खेल्ने पुरुषले सेतो लुगासहित जामा, पछाडि हातदेखि खुट्टासम्म पुग्ने गरी पिठ्यूमा एउटा सेतो चादर पहिरनुपर्छ । टाउकोमा पगरी बाँध्नुपर्छ । बायाँ हातमा ढाल र दायाँ हातमा तरबार लिइ बाजाको तालसँगै गुरुको निर्देशनअनुसार सुस्त गतिबाट भुवा खेल खेल्ने गरिन्छ । यो खेलमा १६ वटा चाल वा लय र ६३ कवच हुन्छ । पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले खुसीयाली मनाएको दिनका रूपमा यो पर्व मनाइन्छ ।
भुवा खेलमा बाजा र खेल्नेको ताल मिल्नुपर्छ, यो युद्धकालीन कला भएकाले खेल्न नजानेमा चोटपटकसमेत लाग्न सक्ने दिपायलका स्थानीयवासी रामबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो पर्व मनाएको ठाउँमा अर्को वर्ष अन्न उत्पादन बढ्ने जनविश्वास छ, पछिल्लो समय युवामा यो खेलप्रतिको चासो नहुँदा यसको महत्त्व घट्दै गएको छ ।’
भुवा खेलको अन्तिम दिन विसर्जन गर्ने कार्यलाई स्थानीय भाषामा भुवा सेलाउने पनि भन्ने चलन रहेको अर्का स्थानीय घनश्याम पाठकले बताउनुभयो । पहिले राजा र रजौटाले आफ्ना भाइ भारदारलगायत प्रजालाई आत्मरक्षाका लागि खेतीको काम सकेर फुर्सदको समयमा ढाल तरबार खेल्न सिकाउन भुवा खेलाउने गरेको बुढापाकाको भनाइ छ ।
भुवा पर्वमा विशेषगरी विभिन्न धार्मिक आस्था समेटिएका मागल गाउनका साथै जीवन चक्रसँग तथा माया प्रेम र पेसासँग सम्बन्धित विभिन्न गीत गाउने गरिएको छ । छुट्टै मौलिकता रहेको भुवा पर्व संरक्षणको अभावमा बिस्तारै लोप हुने अवस्थामा रहेको स्थानीयवासी बताउँछन् । यस पर्व अवधिभर मिठो मसिनो पकाएर खाने र भगवान् कृष्ण, स्वर्गका राजा इन्द्र तथा पाण्डव र गौरवको गाथा गाउने प्रचलन रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।