पोखरामा दशौं संस्करणको 'लिटरेचर फेस्टिभल' पुस ६ गतेदेखि हुने

 पुष २, २०७९ शनिबार १८:३९:४४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – दशौं संस्करणको नेपाल साहित्य महाेत्सव अर्थात् लिटरेचर फेस्टिभल पुस ६ गतेदेखि ११ गतेसम्म पोखरामा हुने भएको छ । फेवाताल किनार बाराहीघाटमा हुने फेस्टिभलको आयोजना बुकवर्म फाउन्डेसनले गर्नेछ ।  

दशौं संस्करणको साहित्य महोत्सवको तयारी अन्तिम चरणमा पुगेको पोखरामा शनिबार अयोजित पत्रकार सम्मेलनमा नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले जानकारी दिनुभयाे । फेस्टिभलमा विभिन्न देशका लेखक, कलाकार, पत्रकार, साहित्यकारको सहभागिता रहने छ । 

महोत्सवमा अघिल्ला संस्करणका झैँ देशविदेशका करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहने निर्देशक भारीले बताउनुभयाे । महोत्सवमा ५५ भन्दा बढी सेसन, सांगीतिक साँझ र रोचक सामाग्री समावेश गरिने इभेन्ट म्यानेजर सुजाना खत्रीले जानकारी दिनुभयाे । साहित्य महोत्सवमा दैनिक हजारौं साहित्यानुरागी भेला हुने आयोजकको विश्वास छ । 

फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणातिलका, लेखक एवम पत्रकार अक्षय मुकुल, सह–प्रध्यापक एवंम लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्य लगायत अन्तर्राष्ट्रिय चर्तित व्यक्तित्वहरुको सहभागिता हुने फेस्टिभलका सदस्य केशवशरण लामिछानेले बताउनुभयाे । 

महोत्सवमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवम लेखक विजय कुमार, लगायतको सहभागिता रहने अर्का सदस्य भरत कोइरालाले बताउनुभयाे । फेस्टिभलको पूर्व सन्ध्यामा कवि नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुति रहने छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया