बारा-१ मा एमालेका अच्युतप्रसाद मैनाली निर्वाचित

 मंसिर ९, २०७९ शुक्रबार ८:४९:८ | जयनारायण यादव
unn.prixa.net

बारा - बाराको निर्वाचन क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अच्युत प्रसाद मैनाली विजयी हुनुभएको छ । मैनालीले नेपाली कांग्रेसका सहमहामन्त्री एवम् खानेपानी मन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

२०७४ को चुनावमा मैनाली कांग्रेसका चौधरीसँग पराजित हुनु भएको थियो ।

एमालेका मैनालीले कांग्रेस सहमहामन्त्री चौधरीलाई १० हजार ६९ मतको फराकिलो अन्तरले पराजित गर्नु भएको हो । मैनालीले ३९ हजार एक सय ९५ मत प्राप्त गर्नु भयो भने चौधरीले ३० हजार ५६ मत प्राप्त गर्नु भएकाे छ।

यस्तै प्रदेश सभा सदस्यमा बारा १ 'ख' बाट मधेस प्रदेशका सभामुख जसपाका सरोज प्रसाद यादव १५ हजार ९ सय २७ मतसहित विजयी हुनुभएकाे छ भने उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेन्द्र साह कलवारले ११ हजार ४० सय मत ल्याउनु भएकाे छ।  

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया