चुनावमा भाेट हाल्न गाउँ फर्किने बढेसँगै काठमाण्डौ सुनसान (तस्बिरसहित)

 मंसिर ३, २०७९ शनिबार १६:३५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चुनावका लागि काठमाण्डौबाट गाउँ जानेहरु बढेसँगै काठमाण्डौ सुनसान बनेको छ । मतदान गर्न जानेहरुको संख्या बढेसँगै काठमाण्डौका सडकहरु खाली देखिन थालेका छन् भने बजार पनि बन्दप्रायः छ ।

काठमाण्डौको कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरु प्रशस्त भेटिए पनि काठमाण्डौका भित्री गल्लीहरुमा भने मानिसहरुको चहलपहल कमै दखिन्छ । मंसिर ४ गते आइतवार (भोलि) एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव हुँदैछ । चुनावमा आफ्नो मौलिक अधिकारलाई प्रयोग गर्न र देश विकासको लागि सक्षम नेतृत्व चयन गर्न बाहिरी जिल्लाहरुबाट काठमाण्डौ आइ बसोवास गर्नेहरु आफ्नो गृह जिल्ला फर्किंदा काठमाण्डौ सुनसान बनेको हो ।

त्यस्तै काठमाण्डौका सुनसान सडकमा सुरक्षाकर्मीहरुले भने सुरक्षा दिइरहेका छन् । चुनाव बिथोल्न सक्ने सम्भावनालाई मध्यनजर गरी सुरक्षाकर्मीहरु सुरक्षाको लागि तैनाथ छन् । यतिबेला हरेक मतदान स्थलमा मतदान केन्द्रहरु धमाधम निर्माण र पूरा गर्ने काम भइरहेको छ । निर्वाचन आयोगले भने चुनाव सम्बन्धी सम्पूर्ण तयारीहरु सकिसकेको जनाएको छ । चुनाव भोलि बिहान ४ बजेबाट साँझ ५ बजेसम्म हुनेछ । 


तस्बिर : न्युज एजेन्सी नेपाल

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया