उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
दाङ - आइतवार भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दाङको चार मतदान स्थलमा महिला कर्मचारीहरु मात्रै खटिने भएका छन् । चार मतदान स्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी र सुरक्षाकर्मी पनि सबै महिला नै खटिने भएका हुन् । मतदान अधिकृतदेखि सहयोगीसम्म महिला मात्रैलाई जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
घोराही उपमहानगरपालिका–१८ मा रहेकाे आधारभूत विद्यालय बेलघारीको मतदान केन्द्र (क), त्यही विद्यालयको केन्द्र (ख), घोराही–१७ मा रहेको प्रवि हरिद्वारको (ग) केन्द्र र घोराही १७ कै गोरक्ष रत्ननाथ मावि चौघेराको (क) मतदान केन्द्रमा महिला कर्मचारीले चुनाव गराउने भएका हुन् ।
बेलघारी मतदान केन्द्रमा निर्वाचन अधिकृत इन्दु बसेल, सिर्जना शर्मा, हेमन्ता थापा, विना शर्मा, सावित्रा देवी शर्मा, दीपसना बीसी, बालिका घिमिरे र गोमा मगर खटिनु भएकाे छ । यस मतदान केन्द्रमा ९ सय ५२ मतदाता रहेकाछन्।
त्यही विद्यालयको (ख) केन्द्रमा उर्मिला तिमल्सिना मतदान अधिकृत हुनुहुन्छ । उहाँलाई सहयोग गर्न कमला खड्का, अर्चना चौधरी, इन्दिरा विक, हिरा केसी, गोमा योगी, तिला विक र गीता चौधरी गरी आठ जना महिला कर्मचारी छन् । यस मतदान केन्द्रमा ९ सय ७३ मतदाता छन् ।
घोराही–१७ मा रहेको प्रवि हरिद्वारको (ग) मतदान केन्द्रमा खिमा भुसाल मतदान अधिकृत हुनुहुन्छ । उहाँलाई सघाउन वसन्ती पौडेल, विपना बर्तौला, सम्झना कार्की परियार, कृतिसा रावत, श्रिर्जना भण्डारी, दिला केसी र सुमन चौधरी गरी आठ जना महिला कर्मचारी छन् । यस मतदान केन्द्रमा ७ सय ४८ जना मतदाता छन् ।
गोरक्ष रत्ननाथ मावि चौघेराको (क) मतदान केन्द्रमा मतदान अधिकृत मोतीकुमारी विश्वकर्मासहित गुप्ताकुमारी अधिकारी, विष्णा नेपाली, अनिता बुढा, सरीता भण्डारी, मनिषा चौधरी, गोमा बस्नेत र पानमती कामी खटिएका छन् । यस केन्द्रमा ८ सय १२ जना मतदाताले मतदान गर्नेछन् ।
दाङको मुख्य मतदान अधिकृत कृपासुर कार्कीले यस प्रकारकाे प्रयासले महिलाहरू हरेक काममा सक्षम छन् भन्ने सन्देश दिने बताउनु भयाे । ‘महिलाले मात्रै सञ्चालन गरेको नमुना मतदान स्थलले समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ ’ उहाँले भन्नुभयो ।
वैशाखमा सम्पन्न भएको पालिका चुनावमा घोराही–१६ सानी अम्बापुर मतदान केन्द्रमा कर्मचारीदेखि सुरक्षाकर्मीसम्म महिलामा मात्रै खटिएका थिए । अहिले त्यही अभ्यासलाई निरन्तरता दिएको गोरक्षरत्ननाथ मावि चौघेराको (क) मतदान केन्द्रका मतदान अधिकृत मोती विश्वकर्माले बताउनु भयाे । पालिका चुनावकाे अनुभव पनि रहेकाले यसपालि केही सहज हुने उहाँले बताउनु भयाे ।
दाङमा १ सय ५३ मतदान स्थल र ४ सय ६५ मतदान केन्द्र रहेका छन् । ४ लाख १४ हजार ९ सय ५६ जना मतदाता रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।